पहिलो प्रकासित मिती २५ असोज २०७३
दक्षिण अमेरिका डेक्स (अर्घाखाँची डटकम्) । एकिके चीली,हिन्दू धर्मालवम्बिहरुको महान चाड बडादशै नेपाली समाज चिलीको बिषेश आयोजनामा भब्य रुपमा सम्मपन्न भएको छ । दक्षिण अमेरिका चिली को उत्तरि शहर इकिकिमा भएको कार्यक्रममा इकिकिमा बस्ने प्रया: सबै नेपालीको उपस्थिति भएको थियो ।
समाजका सचिब अमर पुन को सन्चालन र समाजका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा समाजका सह सचिब कमल पाण्डेको स्वागत मन्तबयबाट कार्यक्रम अगाडी बढेको थियो । सबै उपस्थित नेपालीको शुभकामना तथा परिच्यातमक कार्यक्रम र बिभिन्न लोक प्रस्तुतिसँगै बिभिन्न नेपालीपन मन झल्काउने नेपाली परिकार खाएर भब्य र सभ्य रुपमा मनाएका थिए ।
अन्त्यमा नेपाली पाल्पालि धाका तोपिमा सजिएर सबैले अध्यक्ष कृष्ण थापा र लेखा परिक्षक कृष्ण खनालको हात बाट बिजया दशमीको तिका गरहण गरेका थिए ।
तस्वीर: अमरपुन, पिएसएम व्युरो