झबिन्द्र बेल्बासे
दक्षिण कोरिया । विभिन्न शिलशिलामा अर्घाखाँची जिल्लाबाट दक्षिण कोरियामा बसोबास गर्ने जिल्लाबासीहरुले बिजया दशमी उल्लाहासपूर्ण रूपमा मनाएका छन ।
प्रवासमा रहेर पनि आफ्नो चाड बाड लाई एक आपसमा सुख दुख साटदै आपसी मित्रता सदभाव र सहयोगलाई लाई जारी राख्दै जिल्लाबासी जमघट हुन पाएकोमा सहभागीहरुले अत्यान्तै खुसी प्रकट गरेका छन ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले बडा दसैँको अवसरमा आयोजना गरेको सुभकामना आदान प्रदान तथा रात्री भोज कार्यक्रममा यहाँका निकै टाढाका शहरबाट जिल्लाबासीहरु कोरियाको उत्तरी भेग तन्दुछन स्थित एक नेपाली रेस्टुरेन्टमा भेला भएका थिए।
कार्यक्रममा अर्घाखाँची सम्पर्क मञ्चको तर्फबाट अध्यक्ष युबराज पाण्डेले सुभकामना प्रकट गर्नुका साथै सल्लाहकार डेबिट बश्यालबाट दशैंको टीका जमरा थापिएको थियो ।