प्रवासी नेपाली मन्च इज़रायलको आयोजनामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

इज़रायल । ने.क.पा.एमाले प्रबास सगठन प्रवासी नेपाली मंच  इज़रायलको आयोजनामा गरिएको बीजयादशमी शुभ दीपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
इजरायल स्थित नेपाली दूतावासका  कार्यवाहक राजदूत रामेश्वर पौडेल प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा  नेपाली काँग्रेस जनसम्पर्क समिति इजरायलका सभापति दिपेन थापा, अन्तरराष्ट्रिय नेपली समाज (नयाँ शक्ति) का अध्यक्ष वीवी तामाङ, नेपाल संघीय समाजबादी इरायलका अध्यक्ष सुन्दर सिंह तामांग नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रीय  अध्यक्ष रामसरण बानीया लगायत बीभीन्न सघ सस्थाका प्रतीनीधीहरुले शुभकामना मन्तब्य राखेका थिए भने  इजरायलमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति थियो ।
महासचिव सोमप्रसाद चौलागाईले संचालन गरेको सो कार्यक्रममा बरिष्ठ उपाध्याक्ष जय बोडारीले  सबैलाई एक भई  आगडी बढ्नु पर्ने बताए  । स्वागत मन्तब्य सचिव लक्ष्मी अनुरागीले गरेकी थिईन भने मंचका अध्यक्ष तिर्थ गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।