सामसुङको पावरफुल ब्याट्री भएको नयाँ स्मार्टफोन बजारमा आउदै

  
  सामसुङले नयाँ स्मार्टफोन अन नेक्स्ट  ल्याएको छ। आज सार्वजनिक गरिने यो फोनलाई मेटल यूनिबडी तथा अक्टाकोर प्रोसेसरका साथमा लन्च गरिने भएको छ।
 
यसको मूल्य करिब करिब २५ हजार रुपैयाँ पर्ने बताइएको छ। ५.५ इन्च सुपर एमोलेड डिस्प्ले भएको यसमा १.६ गीगाहर्ज अक्टाकोर प्रोसेसर छ।
 
एन्ड्रोइड मार्समेलो अपरेटिङ सिस्टम भएको अन नेक्स्टमा अगाडि ५ र पछाडि १३ मेगापीक्सेलको क्यामरा छ। यसमा ३३०० एमएएचको ब्याट्री छ।