‘स्वास्थ्य पत्रकार मञ्च’ नेपालको पहिलो राष्ट्रिय अधिवेशन सम्पन्न, अनिल न्यौपाने पुन: निर्वाचित

सुर्य भुसाल 
काठमाडौं  ( अर्घाखाँचीडट्कम) ।  स्वास्थ्य विट लिएर रिर्पोटिङ्ग गर्ने पत्रकारहरुको संस्था ‘स्वास्थ्य पत्रकार मञ्च’ नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट स्वास्थ्य खवर पत्रिकाका अनिल न्यौपानेको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । 
मञ्चको उपाध्यक्षमा एभिन्युज टेलिभिजनकी कल्पना आचार्य, महासचिवमा द काठमाडौं पोष्टका मनिष गौतम, सचिवमा गोरखापत्र दैनिकका सरोज ढुंगेल र कोषाध्यक्षमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । 
 
यसैगरी सदस्यहरुमा नेपाल समाचारपत्र दैनिककी भगवती तिमिल्सिना, नयाँ पत्रिका दैनिकका भिषा काफ्ले, अन्नपुर्ण पोष्टकी दीपा दाहाल, नागरिक दैनिकका प्रवीण ढकाल, हाम्रो डक्टर डटकम तथा नेपाली रेडियो नेटवर्कका उद्धवराज भेटवाल र कारोबार दैनिककी जुनु भट्टराई चयन हुनु भएको छ । कान्तिपुर दैनिकका कृष्ण ज्ञवाली, राससकी कल्पना पौडेल, स्वास्थ्य खवरका डिबी खड्का र हाम्रो डक्टरका वासुदेव न्यौपानेलाई भने मञ्चको पूर्ण सदस्य बनाइएको छ ।

अन्य समाचारहरु