युएई , कातिक १३ – घरदेशमा आएको तिहारको झिलिमिलीलाई परदेशमा कार्यरत नेपालीहरुले झलझली सम्झिरहेका छन । त्यो सम्झनालाई मेट्टाउन यहाँ कार्यरत नेपालीहरुले देउसीभैली खेलिरहेका छन ।
युएईको अलएेनमा काग तिहारकै दिन गाउंघरलाई सम्झेर देउसी भैली खेली तिहार मनाइएको छ । भाईटिकाको दिन धेरै जसो नेपालीले ड्युटी गर्नु पर्ने भएकाले शुक्रबार परेको सार्वजनिक बिदाकै दिन लाई सदुपयोग गरेर काग तिहारकै दिन तिहार मनाएका हुन ।
मितेरी समाज युएईको आयोजनामा अलएेनको किनरा रेस्टुरेन्टमा जम्मा भएर शुभकामना आदान प्रदान सँगै देउसी भैंली खेलेर तिहार मनाइएको हो । जहाँ घुमेका सेलरोटी तथा खसी परेको काँक्रोको अचार र बिभिन्न नेपाली परीकारका खाना सहित देउसी भैंली नाचिएको थियो । कार्यक्रममा समाजका सस्थापक अध्यक्ष प्रेम रीजाल , मगर संघका मोहन बुढाथोकी पाल्पाली , लोक गायक कमल कार्की, कलाकार प्रदिप पुन मगर , शर्मिला गुरुङ , नम्रता लामा , निरु गोले , दिब्या सुब्बा लगायतको उपस्थिती रहेको समाजका अध्यक्ष बिरु थापा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा झन्डै सय भन्दा धेरै नेपालीको उपस्थिती रहेको आयोजकले जनाएको छ । युएईमा अनुमती नलीई वा स्थानीय कानुन अनुसार दर्ता नभएका संस्थालाई कार्यक्रम तथा अन्य गतिविधि गर्न कडाइ गरे लगत्तै सुन्य प्राय: नेपाली गतिबिधीलाई अलएेनमा मितेरी समाजले भने क्रमिक रुपमा आफ्ना गतिबिधी गर्दै आएको छ ।
यहाँको स्थानीय कानुनको समान गर्दै झै झगडा र माधक पदार्थ सेवन गरेर आउनेलाई प्रवेश नदिने योजना सहित समाजले कार्यक्रम गरिरहेको हो । खास नेपाली-नेपाली बिच बिभिन्न कार्यक्रममा हुने लडाईं झगडाले गर्दा कार्यक्रम गर्न कडाइ गरिएको धेरैले अनुमान गरेका छन ।