चन्द्रौटा महोत्सव नजिकदै सँगसँगै तयारी तिव्र

सुर्य  प्रसाद भुसाल
चन्द्रौटा  । कपिलवस्तुको चन्द्रौटामा यही मंसिर २ गतेदेखि १२ गतेसम्म ”चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” को आयोजना गरिंदैछ । महोत्सव नजिकिंदै गर्दा आयोजकले स्टल निर्माण, प्रचारप्रसार लगायतका कार्यक्रमलाई तिब्रता दिएको छ ।
”कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा स्थानीय कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । स्थानीय तहमा उत्पादन भएका कृषिजन्य बस्तु तरकारी, फलफूल, माछा लगायतका व्यवसायलाई मुख्य सहुलियतका साथ स्टल उपलब्ध गराउने मेला मूल आयोजक समिति संयोजक एवं व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले जानकारी दिनुभयो । स्थानीय कृषकहरुले उत्पादन गरेका वस्तु, हस्तकला, कुटिर उद्योग, व्यापार व्यवसाय, महिला उद्यमको बजारीकरण, विकास र प्रबद्र्धन गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । यसका साथै विद्यालयका बालबालिका र शिक्षकहरुद्वारा निर्मित शैक्षिक प्रदर्शनी तथा सैक्षिक परामर्श दर्शकको आकर्षण बन्ने बताइएको छ ।
कूल २सय ७० स्टलमध्ये हालसम्म एक सय ८० भन्दा बढी स्टल बुकिङ भइसकेको स्टल दर्ता तथा वितरण उपसमिति संयोजक अर्जुन पाण्डेले बताउनुभयो । बुकिङ भएका स्टल अधिकांश कृषि, घरेलु तथा कुटिर उद्योग अन्तर्गत रहेका पाण्डेले बताउनुभयो । यसका साथै ऐतिहासिक, पूरातात्विक, धार्मिक एवं पर्यटकीय स्थलहरुको वृद्धि विकास, प्रवद्र्धन र प्रचारप्रसारका लागि समेत फोटो तथा वृत्तचित्र प्रदर्शनीको व्यवस्था मिलाइएको पर्यटन प्रवद्र्धन एवं गेट टिकट विक्रीवितरण स्टेरिङ कमिटी संयोजक नवराज न्यौपानेले जानकारी दिनुभयो । हाल सम्म ईलोकटोनिक्स , होटल , अटो लगायतको लागी ९० प्रतिसत स्टल वुगीङग भएको वताईएको छ । 
मेलालाई भव्य, सभ्य, शान्तिपूर्ण, सुरक्षित र मेला भर्न आउने दर्शकहरुको सेवासुविधालाई मध्यनजर गर्दै सीसी क्यामेरा, नेपाल टेलिकमको मोबाइल टावर, फ्रि वाईफाईको व्यवस्था मिलाइएको प्रविधि उपसमिति संयोजक माधव घिमिरेले बताउनुभयो । यसका साथै मेलालाई व्यवस्थित र छिटोछरितो तरिकाले सम्पर्क समन्वय बढाउन सचिवालयका पदाधिकारीहरुका लागि वाकीटकीको समेत व्यवस्था मिलाइएको प्रविधि उपसमिति संयोजक घिमिरेले जनाउनुभयो ।
दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्न ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकार, हरि डान्स ग्रुप, छमछमी डान्स ग्रुप र चन्द्रौटा तेश्रो आइडलको विशेष प्रस्तुति रहने सांस्कृतिक मूल कमिटी संयोजक अर्जुन सापकोटाले जानकारी दिनुभयो । यस्तै बालउद्यान, झुला, मौतका कुँवा, रोटेपिङ लगायतको व्यवस्था रहने उहाँले जानकारी दिनुभएको छ । यसपाली वाल उधानका साम्रागीमा अधिकास नया चिल संचालनमा ल्याईपनि जानकारी दिनुभयो । चन्द्रौटा महोत्सव संचालन हुन ५ दिन मात्र वाकी रहदा तयारीलाई एकदम तिव्र पारिएको आयोजकले जनाएको छ । महोत्सव स्थल सम्म जाने वाटोको मर्मत गेटहरु निर्माण , वाल उदानको निर्माण , लगायतका अधिकास कामहरु अन्तिम तयारीमा  आएको छ ।