साउदी अरबियामा मिथिला एकता समाजको छठ पर्ब पुजा कार्यक्रम सम्पन्न (फोटो फिचर )

साउदी अरब (अर्घाखाँचीडट्कम) साउदी अरबियामा क्रियासिल मिथिला एकता समाजले  छठ पर्ब पुजा कार्यक्रम विगतमाझैँ यस बर्ष पनि सम्पन्न गरेको छ  ।


नेपाली दुताबासका काबा राजदुत आनन्द प्रसाद शर्माको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा हेल्प नेपालका अध्यक्ष एबम प्रबासी नेपाली मंचका प्रमुख सल्लाकार बिमल गौतम जन सम्पर्क मंचका काबा अध्यक्ष दिपक रेग्मी, बिमल बजगाई, निर बहादुर सुनार, अरुण बेलबासे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

औपचारिक कार्यक्रमको समाप्तिपछि बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो  । कार्यक्रम समाजका अध्यक्ष शुनिल कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो  ।