डिल्लीराज घिमिरे
विश्वकर्मा जन कल्याण समाजले स्थापना भएको पहिलो वर्षमै सस्थाले अर्घाखाँची, पाल्पा, रुपन्देही लगायतका जिल्लादेखी लगानी सुरु गरेको सस्थाले भारतको चण्डीगढ़वाट दर्ता प्रक्रिया समेत पुरागरी वैधानिकता प्राप्त गरेको छ ।
अमित विकको मुल अभियानमा स्थापित यो संस्थाको अध्यक्ष खगेन्द्र विक रहेको एघार सदस्यीय केन्द्रीय समिति र पाँच सदस्यीय विशेष समिति रहेको अनुशासन समिति संयोजक निरज विकले जानकारी दिएका छन ।
विधान समितिको अनुगमन भ्रमणको समय सस्थाले धातिवाँग ९ स्थित दलित वस्तीमा रहेको सिता प्रावीमा एघार जना अति विपन्न विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराउने वताएको छ । संस्थाले यस गाँउका अति विपन्न रहेको परिवारवाट विद्यालयमा जान काँपी क़लमको अभावमा संकट नपरोस भनि यस्तै परिवारको नाम दिनको लागी प्रधानाध्यापक समक्ष अनुरोध गरेको छ ।
दलितको घरमा कम्प्यूटर पुर्याउने,सहुलियत व्याजमा सदस्यलाई परम्परागत ऋण मुक्त वनाउने,आधुनिक सेवा सुविधा युक्त घर वनाउने लगायतका विकासशील योजनाको साथ स्थापना भएको यो संस्थाले प्रथम वार्षिकी २०१७ को जनवरी महीनामा भव्य रुपमा मनाउने संस्थापक अमित विकले पत्रकारलाई जानकारी दिएका छन ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची