चिलीमा पनी गुरुनानक जयन्ति भव्य पुजाआजाका साथ सम्पन्न

डिल्लीराज घिमिरे
दक्षिण अमेरिका एकिके, चिली, दक्षिण अमेरिका २०७३ कार्तिक २८ आईतवार । गुरु नानक जयन्ती संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरु छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रबक्ताले सिकाउने ज्ञान र दिने शिब्योपदेश एउटै छ, माया, सदभाव, सत्यता अनि अहिंसा । आजको दिन गुरु नानक अर्थात शिख धर्मावलम्वीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ र संसारभरिका शिख धर्मावलम्वीहरुले वढो श्रद्धाकासाथ मनाउने गर्दछन् ।
यसै क्रममा दक्षिण अमेरिका चिलीको एकिके सहरमा रहेको हिन्दु मन्दिरमा पनी भव्य पुजाआजाका साथ मनाईएको छ भारतीय नागरिकको संरक्षणमा रहेको यस मन्दिरमा हिन्दु धर्मावलंबिको वाक्लो उपस्थिति थियो । नेपाली समाज चिलीका संस्थापक डिआरजी सुमनले पनी पुजाआजा गर्नु भएको थियो । पाल्पा जिल्ला जन्मघर भई हाल यस मन्दिरको मुल पुजारी भई पुजाआजा गराउदै आउनु भएका सोही क्रममा नेपाली समाजका सिईयो र पुजारी माधव ढकाल विच भेटघाट तथा छलफल कार्यक्रम भएको थियो । डिआरजी सुमनले नेपालको कालिगण्डकिवाट चिली पुर्याएको सिला आगामी मकर संक्रान्तिको दिन महासागरमा डुवाई मन्दिरलाई हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ ।
आजकै दिन अर्थात कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरुनानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाअाजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्वीहरुको प्रभातफेरिका साथ आजको दिन शुरु गरिन्छ र यस्तो प्रभातफेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । विहानको समय यसरी गरिने भजनलाई ‘असा दि भार’ भनिन्छ । यस्ता भेलाहरुलाई अमृत भेला भनिन्छ र ‘अमृत भेला पछी लगांर’ अर्थात निशुल्क सामुदायिक भोजन गर्ने चलन हुन्छ र यस्ता भोजहरु गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजनहरु आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समूदायका मान्छेहरूलार्इ त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहुष्णिताको एउटा अद्भूत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा सबैजना समान छन् भन्ने सन्देश दिएको छ । विशेषगरि दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहेब’को ४८ घण्टासम्म अध्ययन गरेर गुरुपर्वको दिन विधीविधान अनुरुप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्यनलाई ‘अखण्डपथ’ भनिन्छ ।
यसैक्रममा गुरुपर्वको एकदिनअघि नगर किर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतीक झाँकीहरु निकालिने गरिन्छ । जसमा गुरुग्रन्थ साहेबको झुलुवा (पालकी) बोकेर भजन किर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झँकीहरुमा सिख समूदायको परम्परागत हतियारहरु जस्तैः भाला, तरवारहरु, पञ्जाबि फलामे चक्कु अादिको प्रदर्शन र त्यससंग सम्बन्धित पारम्परीक खेल देखाइने गरिन्छ । 
रात्रिकालिन भजनकिर्तनलाई ‘रेहरास’ भनिन्छ । भारतको पञ्जाव, हरियाणा, चन्दिगढ लगायतका ठाँउमा अत्यन्तै उत्साह र उत्सर्गका साथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समूदायहरुले आजको दिनलाई हर्षका साथ मनाउने गरेकाछन् ।
नेपालमा पनि धेरै ठाँउमा गुरुद्वारा रहेकाछन्, ति सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको अायोजना गरी गुरू नानकलार्इ सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ । 
आजको दिन त्यहाँ भेलाभएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरुको पनि उत्साहजनक संलग्नता सहभागीता देख्न पाइन्छ । यस संसारलाई अझै धेरै गुरु नानकहरु जस्ता महान गुरुहरु र महान वचनको खाँचो छ, सत्यमार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्तिमार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् भन्दै चिलीमा गुरुनानक जयन्ति भव्यताका साथ मनाईएको छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम