सोमबार सामान्य अंकले सकारात्मक रहेको शेयर बजार मंगलबार पुनः उच्च अंकले ओरालो लाग्यो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से २४ अंक बराबरले ओरालो लागेर १५ सय ८२ मा आएर थामियो ।
कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च १ सय २४ अंकको गिरावट आयो ।
होटल समूह ६६ अंकले झर्यो । जलविद्युत् समूहमा ३३ अंक, विकास बैंक समूहमा २४ अंक अनि वाणिज्य बैंक समूहमा पनि २२ अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको १२ लाख ७० हजार कित्ता बराबर शेयर ८२ करोड ८३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।