नेपाली राजदुतावास साउदी अरेवियामा उद्दारको पर्खाइमा बसेका ५४ जना पीडित नेपालीहरु नेपाल फर्कदैँ

    
   सुरेश राज त्रिपाठी
बैदेशिक रोजगारीको सिलसिलामा १ बर्ष पहिले क्षितिज इम्प्ल्योइमेन्ट सर्भिस प्रा.लि. काठमाण्डौबाट साउदीअरबको जेद्दामा रहेको Hijaj Gate International भन्ने कम्पनिमा आएका ४८ जना नेपाली कामदार र अन्य मेनपावरबाट आएका ६ जना नेपाली कामदारहरु लामो समयदेखी कम्पनी बन्द भएर काम,तलब नपाएर बिचल्लीमा परी स्वदेश फिर्तिको आग्रह सहित नेपाली दुताबास रियादमा बसिरहेका नेपालीहरु अन्तत नेपाल फर्किने भएका छन ।

नेपाली राजदुताबास साउदीअरबको बिशेष पहलमा उनिहरु आएको कम्पनिले राजदुताबासमा शरण लिइरहेका पीडित कामदारहरुको एक्जिट भिसा लगाएर पासपोर्ट दुताबासमा पठाएको थियो । मेनपावर र कम्पनिको बिचमा फसेका कामदारहरु आफु आएको कम्पनी बन्द भएर लामो समयदेखी काम तलब केही नपाएपछी १ महिना पहिले राजदुताबासमा आएका थिए ।
सुरुमा राजदुताबासले कम्पनी र मेनपावर बिच पीडितहरुको उद्दारको लागि दबाब दिँदा मेनपावरले आफुले पीडितहरुलाई नेपाल फर्काउन टिकेट उपलब्ध गराउन तयार रहेको तर कम्पनिले पासपोर्ट र एक्जिट भिसा नदिएको बताएपछी राजदुताबासको तर्फबाट कम्पनीलाई पीडितहरुको पासपोर्ट र एक्जिट भिसा दिन दबाब दिन साउदीको श्रम मन्त्रालयसँग कुरा गरिएको थियो र त्यसको लगत्तै कम्पनिले पासपोर्टमा एक्जिट भिसा लगाएर सबै पीडितहरुको पासपोर्ट नेपाली राजदुताबास रियादमा पठाएको थियो ।

कम्पनिले पीडितहरुको पासपोर्टमा एक्जिट भिसा लगाएर राजदुताबासमा पठाएपछी टिकेटको लागि मेनपावरसँग कुरा गर्दा पीडितहरुको पासपोर्टमा एक्जिट भिसा लगाउन र पासपोर्ट फिर्ता गराउन आफुले कम्पनिलाई धेरै पैसा तिरेको र पीडितहरुलाई बेला बेलामा खानको लागि पैसा पठाएकोले तुरुन्तै टिकेट पठाउन नसकिने कुरा मेनपावरले बताएपछी पिडितहरुले अब आँफै टिकेट काटेर नेपाल जाने र टिकेटको पैसा, आफु आउँदा मेनपावरलाई तिरेको पैसा सबै मेनपावरसँग असुल्ने बताए ।


नेपाली जनसंपर्क समिति साउदीअरबका पदाधिकारीहरु, प्रबासी नेपाली मंच साउदीअरबका पदाधिकारी, दुताबासका पदाधिकारीहरु साथै अरब नेपाल डट कमका पदाधिकारीको रोहबरमा नेपाली राजदुताबास साउदीअरबका श्रम सहचारि श्री अम्बिकाप्रसाद अधिकारि ज्युले पीडितहरुको पासपोर्ट बितरण गर्नुभएको थियो । जो सँग साथमा टिकेट काट्ने पैसा छ उनिहरुलाई टिकेट काट्न, जो सँग यहाँ टिकेट काट्ने पैसा छैन उनिहरुलाई नेपालमा पैसा दिएर टिकेटको ब्यबस्था गर्नको लागि साउदीअरब स्थिती बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, ट्राभल ब्यबसायीहरुले सहयोग गर्नुभएको थियो । पीडितहरु भोली बिहानबाट आँफै टिकेट काटेर ग्रुप ग्रुपमा नेपाल फर्कनेछन र ३ दिन भित्रमा ५४ जना नै नेपाल फर्किसक्ने कुरा नेपाली राजदुताबास साउदीअरबका का बा राजदुत आनन्द प्रसाद शर्मा ज्युले बताउनुभयो ।

पीडितहरुको उद्दारमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।