बाबु रोका मगर
नेपालका राजनैतिक दलका राष्ट्रघाती नेताहरुले संबिधान संसोधनको नाममा नेपाली भूगोल र भूगलित मा मिलेर बसेका जनताहरुलाई एक आपसमा छुट्टाएर देशमा अशान्ति द्दन्द फैलाउने काम भएकोले भारतमा रहेका विभिन्न नेपाली राजनीतिक दल सामाजिक संघ संगठनहरु द्दारा यहि आउदो डिसेम्बर ४ गते आइतबार दिउसो १:00 बजे भारतको राजधानी दिल्लीको जन्तरमन्तर स्थित पुरा तयारीका साथ यसको घोर बिरोध जनसभा तथा जुलुस प्रदशर्न गर्ने भएका छन् |
बिशेष गरि सिंगो नेपाललाई अनेक प्रदेशमा विभाजित गरिएकोमा नेपाली जनाताहरु बाट बिरोध जताइ रहको बेलामा पनि पाँच नम्बर प्रदेशलाई टुक्राएर मधेसलाइ अलग बनाइ भारत संग मिलाउने कार्य नेपाल र नेपालीहरुका लागि नराम्रो पक्ष भएको र यो चालखेल भारतले नै रचेको भन्दै नेपाली राष्ट्रघाती नेता र भारतीय बिस्तारबादी को यो खेल लाइ तुरुन्त बन्द गर्न खबरदारीका लागि बिरोध सभा कार्यक्रमको आयोजना राखिएको जानकारी कपिल खनाल र हरि आले मगर ले मिडियालाई बताउनु भएको छ |
उक्त बिरोध सभा कार्यक्रममा भारतमा रहेका सम्पूर्ण देशप्रेमी,देशभक्ति नेपालीहरु लाइ जति सक्दो अत्यधिक जनशक्ति उपस्थिति भइ कार्यक्रम सफल बनाउनको लागि हार्दिक अपिल गरिएको जानकारी यसै समाचार मार्फत गरिएको छ |
आयोजक:-
१) मुल प्रवाह अखिल भारत नेपाली एकता समाज
२) प्रवासी नेपाली संघ भारत (एमाले)
३) अखिल भारत प्रवासी नेपाली संघ (माले)
४) जन सम्पर्क समिति (भारत) लगायत अन्य नेपाली सामाजिक संघ संस्थाहरु