तेजबहादुर थापा
साउदी अरब (अर्घाखाँचीडट्कम) गैरआवासिय नेपाली संघ साउदी अरबले नयाँ प्रयोग र शैलिमा २ वटा स्थानिय समितिहरूको संयुक्त अधिवेशन एकैसाथ सफलता पुर्वक सम्पन्न गरेको छ । हिजो गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरब मातहातमा रहेको पुर्वि क्षेत्र क्षेत्रिय समिति अन्तर्गका दम्माम तथा अलखोवर स्थानिय समितिहरूको संयुक्त अधिबेशन एउटै मिति र स्थानमा सम्पन्न भएको छ । दम्माम स्थिति अलखयाम रेस्टुसेन्टमा आयोजित सो कार्यक्रमको सभापतित्व आरसिसि पुर्वीक्षेत्रका क्षेत्रिय अध्यक्ष चन्द्रमणि भन्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा एनआरएनए एनसिसि साउदि अबरका अध्यक्ष नारायण पासवान रहनु भएको थियो ।

त्यसैगरि एनसिसि साउदी अरबका उपाध्यक्ष डमर यादव, महासचिव तेज थापा, यूवा संयोजक मो. जैनुल अव्दिन, केन्द्रिय सदस्यहरू उमेश भट्टराइ, दिपक शाही, भुतपुर्व एनसिसि कोषाध्यक्ष देवेन्द्र सुबेदी, आरसिसि पश्चिम जेध्दा क्षेत्रका भुतपुर्व अध्यक्ष सन्तोष तथा सृजना लुर्इँटेल दम्पति, आरसिसि पुर्वी क्षेत्रका क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ, सल्लाहकार ढल बहादुर थापा, एलसिसि जुबेलका अध्यक्ष ओम फुयाल, एलसिसि कतिफ तारूतका अध्यक्ष चक्रपानि सुबेदि, समाजसेवि तथा व्यावसायी जोन आर्याल तथा रबिना अर्याल दम्पति, समाजसेवी तथा कार्गो व्यावसायी जेन लामा, समाजसेवी दिलिप घिमिरे, नेपाली साझा मन्चका अन्तराष्ट्रिय अभियान्ता तथा पत्रकार महेश श्रेष्ठ, लगायतका महानुभावहरू कार्यक्रम अथितिको रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमलाइ सफल बनाउन आरसिसि पुर्वी क्षेत्रका सचिव अन्जनि कुमार अधिकारी, सहसचिव चित्र कुमार राइ, सहकोषाध्यक्ष सन्जिब सुनार, कार्य समिति सदस्यहरू घनश्याम अर्याल, लेखा बहादुर गुरुङ, एलसिसि जुबेलका उपाध्यक्ष भोज कुमार कार्की, सचिव कृष्ण पुरी, कोषाध्यक्ष जि.के. क्षेत्री, कार्य समिति सदस्य धनबहादुर बुढा लगायतका पदाधिकारीहरू, एलसिसि अलखोवर निबर्तमान कार्यसमितिका पदाधिकारीहरू, एलसिसि दम्मामका निबर्तमान कार्यसमिति पदाधिकारीहरू लगायतका एनआरएनए कर्मीहरू तथा नेपाली दाजु-भाइ दिदिबहिनिहरू हलमा उपस्तिथि जनाउनु भएको थियो ।

आरसिसि पुर्वी क्षेत्र क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारीद्वार संचालित कार्यक्रम दिप प्रज्वलन तथा राष्ट्रिय गानबाट शुभारम्भ गरिएको थियो भने आरसिसि उपाध्यक्ष रोशन श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । अधिवेशन समारोह कार्यक्रमको अवसरमा आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्ने निबर्तमान अलखोवर तथा दम्माम एलसिसि कार्यसमितिलाइ एनसिसि पदाधिकारीहरूद्वार प्रसंसापत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा एलसिसि अलखोवरका अध्यक्ष नरेन्द्र बहादुर कार्कीले आफ्नो कार्यकालमा भएगरेका कार्यप्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो भने सचिव जिवन लुर्इँटेलद्वारा सांगठानि तथा कोषाध्यक्ष हस्त लामाबाट आर्थिक प्रतिबेदन सुनाइएको थियो । त्यसैगरि एलसिसि दम्ममाबाट निबर्तमान अध्यक्ष बालकृष्ण पंगेनीले एकमुष्ठ प्रतिबेदन प्रस्तुत गरेसँगै दुबै एलसिसिहरू बिगठन भएको घोषणा गरि कार्यक्रम बन्दसत्रमा प्रबेश गरेको थियो । नयाँ कार्यसमितिहरूको सुची निम्नानुसार रहेको छः

स्थानिय समन्वय समिति अलखोवरका नवनिर्वाचित पदाधिकारीहरूः
१. जिवन लुर्इँटेल अध्यक्ष (०५९०४२७२६५)
२. राजेश दत्त भट्ट उपध्याक्ष (०५९६१८२७१७)
३. अनुप गुरूङ सचिब (०५४५७८९००८)
४. ज्ञानेन्द्र जिएम (०५६६३८०३०७)
५. यज्ञ कुमार राइ सदस्य (०५३४७११८८३)
६. तेज बहादुर तामाङ सदस्य (०५४१५९६१८१)
७. राजेन्द्र बराइली सदस्य (०५८०३७७४१४)
८. चक्र बि. क. सदस्य (०५३०६३६९२८)
९. पछि थप गर्ने
स्थानिय समन्वय समिति दम्मामका नवनिर्वाचित पदाधिकारीहरूः
१. लोकेन्द्र फियाक सुब्बा अध्यक्ष (०५९८०७५८५१)
२. राम जतन यादब उपध्याक्ष (०५३५६९१७८५)
३. दिपेन्द्र खड्का सचिब (०५९०४२७२६५)
४. जय भट्ट सहसचिब (०५८०९२५६४९)
५. शुक्र मोक्तान कोषाध्यक्ष (०५९०४२७२६५)
६. गणेश अर्याल सदस्य (०५९९६५०२२६)
७. घनेन्द्र इजाम सदस्य
८. टिका बहादुर दर्जी सदस्य (०५९७५३४१२१)
९. गजेन्द्र धिमाल सदस्य (०५९६८८१६७३)
१०. नानीराम श्रेष्ठ सदस्य (०५९५३२६८७४)
११. अनन्त ओली सदस्य
सपथ ग्रहण कार्यक्रम अन्तर्गत नवनिर्वाचित एलसिसि अध्यक्षहरूलाइ एनसिसि साउदीका अध्यक्ष तथा बाकी कार्य समितिका पदाधिकारीहरूलाइ एलसिसि अध्यक्षबाट सपथ ग्रहण गराइएको थियो । सपथ ग्रहण पश्चात नवनिर्वाचित एलसिसि अध्यक्षहरूले आ-आफ्नो भावि कार्य योजना प्रस्तुत गर्नुभएको थियो भने निबर्तमान एलसिसि अध्यक्षहरू नरेन्द्र कार्की तथा बालकृष्ण पंगेनिले नवनिर्वाचित एलसिसि कार्य समितिलाइ बधाइ तथा शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसैगरि व्यावसायी तथा समाजशेवी जोन अर्याल, नेपाली साझा मन्चका अन्तराष्ट्रिय अभियान्ता तथा पत्रकार महेश श्रेष्ठ, एलसिसि जुबेलका अध्यक्ष ओम फुयाल, एलसिसि कतिफ-तारूतका अध्यक्ष चक्रपानि सुवेदि, पुर्व एनसिसि कोषाध्यक्ष देवबन्द्र सुबेदि, एनसिसि यूवा संयोजक मो. जैनुल अव्दिन तथा एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान लगायताका महानुभावहरूले बधाइ तथा कार्य सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । साथै कार्यक्रमका सभापति चन्द्रमणि भन्डारीद्वारा नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन गर्नुभयो ।