राष्ट्रियता जोगाउन दिल्लीमा पनि नेपाली जनआक्रोश सहितको जुलुस प्रदशर्न (फोटोहरु)

 बाबु रोका मगर 
राष्ट्रियताको रक्षा गरौं संविधान संशोधन राष्ट्रघाती कदमको विरोध गरौं भन्ने मुला नारा सहित मुल प्रवाह अखिल भारत नेपाली एकता समाज ,प्रवासी नेपाली संघ भारत (एमाले),अखिल भारत प्रवासी नेपाली संघ (माले),जन सम्पर्क समिति (भारत) लगायत अन्य नेपाली सामाजिक संघ संस्थाहरु द्दारा डिसेम्बर ४ गते आइतबारको दिन भारतको राजधानी दिल्लीको जन्तरमन्तरमा सयौ राष्ट्रप्रेमिहरुको उपस्तिथिमा विरोध कार्यक्रम सम्पन्न भएको छ।
नेपालको आन्तरिक मामिलामा भारतले बारम्बार गर्दै आएको हस्तक्षेप नेपाल र नेपालीहरुका लागि असहनिय भएको आक्रोश पोख्दै उक्त दिन भारतको राजधानी दिल्लिमा नै सयौ देशप्रेमि नेपालीहरु द्दारा घोर बिरोध प्रदशर्न गरेका हुन् |
भारतिय हस्तक्षेपको दवाबमा सरकारले संविधान संशोधनको विधेयक संसदीय सचिवालयमा दर्ता गराएको जसमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाइ चार नम्बर प्रदेशमा मिलाएर तराइका जिल्लाहरुको बेग्लै प्रदेश बनाउने प्रस्ताव राखेकोमा उक्त प्रस्ताव जनताहरुलाइ अमान्य भएको र त्यसलाइ कडा शब्दमा भ्रत्सना गर्दै संबिधान संशोधन विरुद्ध नेपाली जनताहरुले देशब्यापी चलाएको आन्दोलन प्रती एक्यवद्धता रहेको प्रकट गरेको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दल र अन्य नेपाली सामाजिक संघ संस्थाका ब्याक्तिहरुले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो | मन्तब्यमा मुल प्रवाह बाट कपिल खनाल र ठाकुर खनाल प्रवासी नेपाली संघ भारत बाट लोकनाथ भन्डारी,जन सम्पर्क समिती बाट टेकराज पोख्रेल र अखिल भारत प्रवासी संघ बाट चन्द्रपाल थापा लगायत अन्य नेपाली सामाजिक संगठन का ब्याक्तिहरुले मन्तव्य राख्नु भएको थियो जसमा लोकनाथ भन्डारिले प्रचण्ड र देउवाले गरेको यो कार्य नैतिकताहिन भएको र नेपाल र नेपालीहरुको एकतालाइ फुटाउन भारतिय एजेन्डा को इसारामा काम नगर्न   खबरदारीका साथ आफ्नो बुद्धि र ताकतमा देशलाइ समृद्ध बनाउन आग्रह गर्नु भएको थियो |