शेयर बजार ओरालो लाग्ने क्रम जारी

साताको अन्तिम दिन विहीबार पनि शेयर बजार वियरिष ट्रेण्डमै थामियो । यस दिन पनि बजार परिसूचक नेप्से ९ अंक बढीले ओरालो लागेर १५ सय ४४ मा आएर थामियो ।
कारोबार भएका सबैजसो समूह ऋणात्मक रहेसंगै नेप्से ओरालो लागेको हो । बीमा समूहमा सबैभन्दा उच्च ४५ अंकको गिरावट आयो । जलविद्युत समूह २६ अंकले झर्यो ।
वाणिज्य बैंक, अन्य, विकास बैंक र होटल समूह सामान्य अंकले ओरालो लागे । वित्त समूह भने नगन्य अंकले मात्र सकारात्मक रह्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको ७ लाख बराबर कित्ता शेयर ६० करोड २५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।