डिल्लीराज घिमिरे
अर्घाखाँची डटकम/अमेरिका डेक्स,एकिके चिली दक्षिण अमेरिका (मंसिर २७ आईतवार) । नेपालीहरुको अन्तराष्ट्रीय संगठन ग़ैर आवासीय नेपाली महासंघ NRNA Chile का महासचिव नवीन शिखरकार र महिला संयोजक ववी गुरुगंलाई नेपाली समाज चिली द्धारा एकिकीमा स्वागत कार्यक्रम भएको छ ।
लामो समय देखी चिलीको राजधानी शहर शान्तियागोमा रहदै आउनु भएका शिखरकार तीनदिने भ्रमणका लागी एकीकी आएको समयमा नेपाली समाजले एकिकेमा रहेको नेपाली होटल माउण्ट एभरेष्ट रेस्टोरेंटमा रात्रिभोजको आयोजना गरी स्वागत गरेको छ ।
समाजसेवी शिखरकार नेपाली समाज चिलीको तदर्थ समिताको महासचिव हुनुहुन्थ्यो भने हाल गैह्र आवासीय नेपाल महासंघ चिलीको पनि तदर्थ समितीमा महासचिव पदमै हुनुहुन्छ । समाजमा प्रायः क्रियाशील रहने काठमांडू स्थाई निवासी शिखरकार चिलीमा रहने नेपालीहरुसँगको सहकार्यमा सधै लागी पर्ने गरेको देखिन्छ।
नेपाली समाज चिलीको आयोजनामा गरिएको स्वागत कार्यक्रममा समाजका अध्यक्ष कृष्ण थापाले अविर लगाएर सम्मान गर्नु भएको थियो भने नेपाली समाज चिलीका संस्थापक तथा पत्रकार डिआरजी सुमनले खादा ओढाएर स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा शान्तियागोमा नेपालीको अवस्थावारे सह सचिव कमल पाण्डेले राखिको जिज्ञासामा शिखरकारले भन्नु भयो कि चीलीमा नयाँ आउने नेपालीको अवस्था नाज़ुक छ सवैले काम पाईरहेको अवस्था छैन । दैनिक रुपमा नेपालीको समस्या सुनि रहनु परेको वताउदै यस समस्या नियन्त्रणको लागी निकटतम नियोगसँग कुराकानी भईरहेको वताउनु भयो ।
तस्वीर : डिआरजी सुमन