थाइल्यान्डले आफ्नो मुलुक आउने नेपालीसहितका पर्यटकलाई तीन महिनाका लागि भिसा शुल्क मिनाहा गर्ने

थाइल्यान्डले आफ्नो मुलुक आउने नेपालीसहितका पर्यटकलाई तीन महिनाका लागि भिसा शुल्क मिनाहा गर्ने भएको छ ।
नयाँ राजाको राज्यरोहणलगत्तै थाई सरकारले अगामी फागुन १७ सम्म आफ्नो मुलुक घुम्न आउने पर्यटकले भिसाका लागि आवेदन दिए पुग्ने व्यवस्था गरेको हो । थाइल्यान्डले भिसा शुल्कका रूपमा तीन हजार पाँच सय रुपैयाँ लिँदै आएको थियो । पर्यटन प्रवद्र्धन गर्न नेपालसहित केही मित्र मुलुकका लागि यस्तो व्यवस्था गरिएको थाइल्यान्डले बताएको छ । 
नेपालले थाइल्यान्डका नागरिकलाई अनअराइभल भिसा दिइरहेको अवस्थामा नेपालले पनि थाइल्यान्डसँग त्यस्तै भिसाको पहल गरिरहेको राजदूत खगनाथ अधिकारीले बताए । हामी अन्य दुई दर्जन मुलुकसँग नेपाललाई पनि अनअराइभल भिसा दिलाउन पहल गरिरहेका छौं,  उनले भने । कान्तिपुरमा समाचार छ ।