कतारबाट “देशकाे बेहाल के सुनाउ साथी याे छाती पाेल्दैछ “

काठमाडौं । भारतको योजनामा पुष्पकमल दाहाल प्रचण्डले पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्नेगरी सात बुँदे संविधान संशोधन प्रस्तावलाई व्यवस्थापिका-संसदमा दर्ता गराएपछि मुलुक भर आन्दोलन चर्किएको छ ।
उता यसको विरुद्द देशमा मात्र नभई विदेशबाट नेपालीहरुले समेटा सामाजिक सन्जालबाट आक्रोसित भएका छन् ।
यसैक्रममा कतारको दोहामा वैदेशिक रोजगारीमा गएका युवाहरुले गीत मार्फत देशको वर्तमान परिस्थितीलाई प्रस्तुत गरेका छन् । उनिहरुले मजदुरी गरेर बचेकाे समयमा रक्तिम परिवारको जनवादी गित “देशकाे बेहाल के सुनाउ साथी याे छाती पाेल्दैछ ” भन्ने गीत गाएका हुन् ।

भिडियो: जिबी कुँवर