प्रबासी नेपाली मंच साउदी अरब मातहतको जेद्दा क्षेत्रीय अधिबेशन सम्पन्न

 बिष्णु न्यौपाने
साउदी अरब (अर्घाखाँचीडट्कम) नेकपा   एमालेको प्रबासमा संगठन बिस्तार हुने क्रममा साउदी अरबको जेद्दा शहरमा  प्रबासी नेपाली मंच साउदी अरबको मातहतमा रहने गरी  क्षेत्रिय कमिटीको प्रथम अधिवेशन सम्पन्न  भएको छ। बिष्णु न्यौपानेको अध्यक्ष्यतामा भएको अधिवेशनमा ३ सदस्य रिक्त पद पछी पूर्ती गर्ने गरी १२ सदस्सिय क्षेत्रीय कमिटीको निर्बिरोध निर्बाचित भई अधिवेशन भब्यताका साथ सम्म्पन्न भएको छ।

सुमन सलामी मगर द्वारा सन्चालित उक्त कार्यक्रममा प्रबासी नेपाली मंच  साउदीका केन्द्रिय अध्यक्ष श्री बलराम गिरिको प्रमुख आतिथ्यतामा नेपाली महावाणिज्य दुताबास जेद्दाका महावाणिज्य दुत श्री रेवती रमन पौडेलको बिशिष्ट आतिथ्यता सम्पन्न भएको सो अधिवेशनमा महावाणिज्य दुताबासका श्रम सहचारी श्री भोजराज घिमिरे ,  द्वितिय  सचिव श्री मनहरी दंगाल , प्रबासी नेपालीमंच साउदीका प्रथम उपाध्यक्ष श्री पर्शुराम मिश्र , प्रमुख सल्लाहकार श्री बिमल गौतम  गैर आवासिय नेपाली संघ साउदीका केन्द्रिय उपाध्यक्ष श्री धुर्ब रिजाल लगायत बिभिन्न अन्य समाजसेवी र बुद्धिजिबिहरुकले  अधिबेशन सफलताको शुभकामना दिएका थिए  ।

यसै क्रममा महावाणिज्य दुत द्वारा प्रबासमा खोलिएका कुनै पनि संघ संस्था पर्ती आफु सकारत्मक रही श्रमिक समस्यामा आइ  पर्ने हरेक कार्यमा आफुले भर्पूर सहयोग गर्ने बताउनु भएको थियो साथै द्वितिय सचिव र श्रम सहचारी बाट पनि प्रबासमा यसरी नेपाली हरु एकत्रित हुनु आँफैमा गौरब रहेको जनाउनु भएको थियो । एन आर एन का उपाध्यक्ष द्वारा शुभकामना र बधाई दिंदै नव गठित संस्था सँग एन आर एन सधैं हातेमालो गर्ने र श्रमिक समस्या , श्रम जिबी हरुको हक हित र सुरक्षाका निम्ती आफुले सधैं साथ दिने जनाउनु भएको थियो ।

प्रबासी नेपाली मंच साउदीका अध्यक्ष द्वारा पार्टीको गतिबिधी र भावी कार्य योजना बारे प्रष्ट पार्दै यसलाई अझै ससक्त बनाउंदै लैजाने जनाउनु भएको थियो । यस्तै अन्य बक्ताहरुले पनि शुभकामना सन्देश सहित आफुहरु पनि खटेर संस्था सँग हातेमालो गर्ने बताउंदै कार्यक्रमको पहिलो चरण समपन भएको थियो । कार्यक्रमको दोस्रो चरणमा निर्बिरोध निर्बाचित अध्यक्ष बिष्णु न्यौपानेले आफ्नो बक्तब्य कविता बाट शुरु गर्नु भएको थियो।

कठिनाइ त धेरै आए यात्रामा तर यी कदम रोकिएका छैनन ।
तेसैले गन्तब्य संग भनिदिनु कि अझै पहुचन सकेको छैन म  ।।
यी कदमलाई रोक्न  पाउने छैनन कठिनाइका कुनै जन्जिरले ।
तेसैले बाटोलाई भनिदिनु कि अझै बिचलित भएको छैन म ।।
प्रतिक्षाको बाँध टुट्यो भने बाढि र पहिरोले बगाउने छ सारालाई ।
तेसैले दुश्मनलाई भनिदिनु  अझै आकाश झैं गर्जी सकेको छैन म ।।
आफ्नाको आशिर्वाद र मायाँको छायाँ अवश्य रहने छ म माथि ।