बाबु रोका मगर
दिल्ली, भारत । भारत प्रवासमा ५० बर्ष देखि सामाजिक कामहरु गर्दै आएको संस्था प्रवासी नेपाली संघ भारतको स्वर्ण महोत्सव २०१७ को सुभकामना आदान प्रदान सहित १ जनवरीको दिन सृजना सांस्कृतिक मन्च द्दारा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने अन्तिम तयारिमा रहेको जानकारी सांस्कृतिक प्रमुख राजु न्यौपाने ले मिडियालाई बताउनु भयो ।
सांस्कृतिक प्रमुख राजू न्यौपानेले जानकारी गराए अनुसार भारत भरी १५ भन्दा बढ़ी राज्यहरुमा फैलिएको यो संस्थाले बिभिन्न स्थान बाट चेलीबेटी बेच-बिखन बाट उद्धार, हराएका हरुको खोजी,अन्यायमा परेकाहरुलाइ न्याय दिलाउने आदी इत्यादि कामहरु निस्वार्थ पूर्वक निभाउदै आएको छ | दिल्ली राज्यमा १,२०० भन्दा बढ़ी सदस्य भएता पनि यो संस्था आर्थिक हिसाबमा गरीब छ किनभने यस संस्था भित्र निम्न बर्गका सदस्यहरुलाइ बढ़ी प्रार्थमिकता दिदै आएको छ ।
उक्त दिन उपस्थित दर्शक तथा अतिथिजनहरु का लागी मेदान्त मेडिसिटी का डक्टरहरु द्दारा निशुल्क स्वास्थ परिक्षण तथा भाग्यसाली चिट्ठा को पनि ब्यबास्था रहेको हुँदा भारत प्रवासमा रहनुहुने सम्पुर्ण नेपाली बुवाआमा, दाजुभाइ तथा दिदी बहिनिहरु कार्यक्रममा उपस्थिती भई कार्यक्रम सफल पारिदिनुहुन आयोजक परिवारले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम हुने स्थान र समय
१ जनवरी २०१७ आइतबार को दिन सामुदायिक भवन, एन्डुज गन्ज, मुलचन्द मेट्रो स्टेसन नजिकै न्यु दिल्ली समय दिउसो ११ बजे देखी साँझ ६ बजे सम्म
सम्पर्क: राजु न्यौपाने 9811362646 लक्ष्मण राइ 9312507189 एन बि थापा 9868813538 धन बहादुर रोका 9899694549 बिमलराज पौडेल 8800157848