कोपेन्हागेन । क्रिश्मस २०१६ तथा अङ्रेजी नयाँ बर्ष को शुभकामना आदान प्रदान गर्नको लागि पोर्तुगल नेपाल डेन्मार्क मैत्री समाज ले आयोजना गरेको क्रिश्मस तथा नयाँ बर्ष पार्टी कोपेन्हागेन को Ringertoften हल मा सम्पन्न भएको छ।
डिसेम्बर २४ तारिक बिहान १० बजे देखी सुरु भएको उक्त रोमान्चक कार्यक्रम मा ७० भन्दा बढी सदस्य हरु को उपस्थिती थियो । बिभिन्न नेपाली भाषाका गीत संगीत मा मनोरन्जन गरेको उक्त जमघट “यो नेपाली सिर उचाली ” बोल को राष्ट्रिय गीत बाट भएको थियो। उक्क्त कार्यक्रम मा १० नेपाली खाना को ब्यबस्था थियो। उपस्थित सदस्य हरु बिच बिभिन्न समसामयिक बिषयमा छलफल पनि भएको थियो जस मध्य डेन्मार्क का नेपाली हरु सँग कसरी राम्रो सम्बन्धका साथ नेपाली सस्क्रिती को बिकास र निरन्तरता दिन सकिन्छ? साना नेपाली बाल् बच्चा लाई नेपाली भाषा सस्क्रिती कसरी सिकाउदै लाने ? नयाँ पिडी का किशोर किशोरि हरु तथा साना केटाकेटी हरुलाई यस् किसिम का जमघट मा कसरी कृयासिल बनाउने ? भन्ने कुराको पनि छलफल भएको थियो। कागजी प्रकृयाको लागि पोर्तुगल दुताबास ले उपलब्ध गराउन नयाँ सुबिधा को बारेमा पनि छलफल भएको थियो।

२०१७ को जनवरी देखी डेन्मार्क मा रहेको पोर्तुगिस दुताबास ले नयाँ मेसिन द्वारा नागरिकता र राहदानी नबीकरन गर्ने सुबिधा सुरु गर्दै छ । अहिले सम्म यि कार्य को लागि पोर्तुगल नै जानु पर्ने बाध्यता थियो । एस समाज ले बिभिन्न चाडबाड हरुमा जमघट को आयोजना गर्ने गर्दछ ।
हरितालिका, दशै , तिहार , क्रिश्मस , नयाँ बर्ष मा गरिने यि कार्यक्रम को प्रमुख उदेस्य नेपाली हरुलाई पर्व हरुमा रमाइलो गराउनु, नेपाली सस्क्रिती को जगेर्ना गर्नु, नयाँ पिडी लाई आफ्नो नेपाली पन को आभास गराउदै नेपाली सस्क्रिती सिकाउनु जस्ता कुराहरु रहेका छन। नान्सी बस्याल जन्मदिन को केक काटेर समापन भएको उक्त कार्यक्रम राती १० बजे सकिएको थियो ।