अर्जुन खनाल
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको एन्ड्रयुस् गंजको सामुदाईक भवनमा आईतबार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दिल्लीको चिसो मौसमलाई नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरुले तातो बनाएका थिए ।
सृजना सास्कृतिक मंचका महासचिब राजु न्यौपानेको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
भारतमा रहेका विभिन्न सङ्घ संगठनका प्रतिनिधिको उपस्थित रहेको उक्त कार्यक्रममा दर्शकको पनि बाक्लो भिड देखिन्थ्यो ।
लामो समय देखि चिसियका दर्शकलाई गायिका सपना गाहा मगरले जुरुक जुरुक नचाएकी थिइन भने हास्य कलाकार बिष्णु जी पाण्डे