पछिल्ला तीन दिन सकारात्मक रहेको सेयर बजार पुनः ऋणात्मक

पछिल्ला तीन दिन सकारात्मक रहेको सेयर बजार बुधबार पुनः ऋणात्मक रह्यो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले ऋणात्मक रहेर १४ सय ७६ दशमलव पाँच एक कायम भएर थामियो ।
कारोबार पनि ३६ करोड बराबरमा खुम्चियो । बीमा, जलविद्युत् र विकास बैंक समूह ओरालो लागेसँगै नेप्से ऋणात्मक रहन पुगेको हो ।
बीमा समूहमा सबैभन्दा उच्च ५० अंकले झर्‍यो । जलविद्युत् समूह १२ अंकले झर्‍यो भने विकास बैंक समूहमा ९ अंकको कमी आयो । वित्त, होटल, वाणिज्य बैंक र अन्य समूह भने सामान्य अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २० कम्पनीको सेयर ३६ करोड ५५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।