रामेछापको पकरबास गाविसमा बुधबारराति बालुवा बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् ।
तामकोसीबाट बालुवा लिएर गाल्वातर्फ गइरहेको बा ४ ख १७५५ नम्बरको उक्त मिनीट्रक पकरवासको ठाँटी नजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा रामेछाप भिरापानी-१ सित्खाका २० वर्षीय दिनेश माझी र १९ वर्षीय कुमार माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा परी घाईते सित्खाकै जुगल मगरको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण थाहा हुन सकेको छैन । कान्तिपुरमा समाचार छ ।