साउदी अरब (अर्घाखाँचीडट्कम) नेपाली कांग्रेस आबद्द प्रबासी नेपालीहरुको संगठन नेपाली जनसम्पर्क समिती साउदी अरबको प्रथम महाधिवेशन २० जनवरी २०१७, शुक्रबारको दिन राजधानी रियाद शहरमा सम्पन्न हुदै छ ।
महाधिवेशनलाई संबोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौड्याल आउने आयोजक समितीले जनाएको छ ।
आगामी शुक्रबार हुने महाधिवेशनको तयारी लगभग पुरा भएको जनाइएको छ । देशको सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समिती साउदी अरबको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको चर्चा परिचर्चा हुन् थालेको छ ।
नेपालमा जस्तो देउवा र पौड्याल गुटको समुह यहा देखा परेको छैन तर नेतृत्वमा आउन खोज्नुलाई स्वाभाविक रुपमा ठानिएको छ । हालका सभापती चोला पाठक स्वदेश फर्के सगै कार्यबाहक सभापती चलाउदै आएका दिपक रेग्मी सभापती हुने लगभग निश्चित छ ।
सभापती पछिको कार्यकारीणी पद महामन्त्रीमा भने सुरेशराज त्रिपाठी हुने जानकारहरु बताउछन । हालका महामन्त्री नवराज लामीछाने उप सभापती र कोषाध्यक्षमा अरुण बेल्बासेको चर्चा छ ।बजारमा जस्तोसुकै हल्ला चलेपनि नेतृत्व चयन सर्बसहमतीमा हुने बताइएको छ ।