जनसम्पर्क समिति साउदी अरबको पहिलो अधिवेशन सम्पन्न, सभापतिमा रेग्मी र महामन्त्रीमा त्रीपाठी निर्बाचित

         साउदी अरब (अर्घाखाँचीडट्कम) नेपाली कांग्रेस आबद्द नेपाली जनसम्पर्क समिति साउदी अरबको पहिलो अधिवेशनले दिपक रेग्मीको सभापतित्वामा २१ सदस्यीय  नयाँ कार्य समिति चयन गरी सम्पन्न भएको  छ ।


साउदी अरबको रियादमा  भएको समितिको पहिलो  अधिवेशनबाट बरिष्ठ उप सभापतीमा  श्री तुसंङ बहादुर थापा, प्रथम उप सभापतीमा नमराज लामिछाने,द्वीतीय उप सभापतीमा तथा अनुशासन बिभाग प्रमोद लामिछाने तृतीय उप सभापतीमा जेस कुमार श्रेष्ठ निर्बाचित भएका छन ।
यसैगरी महामन्त्रीमा सुरेशराज त्रिपाठी सह महामन्त्रीहरुमा निरज राय पट्टेल , श्रीमती सीता पन्त पाण्डे , शरद कुमार शर्मा र कोषाध्यक्षमा द्वारिका राज गिरी रहेका छन भने सह कोषाध्यक्षमा   पदम पाण्डे , अजय कुमार त्रिपाठी प्रवक्तामा श्री अरुण बेल्बासे रहेका छन ।

यसैगरी सदस्यहरुमा क्रमसः  नेत्र प्रसाद खतिवडा , साेफिना न्याैपाने , श्रीमती प्रतिमा श्रेष्ठ अधिकारी ,  भल गुरुङ ,सुजन शेर राई, बुद्धि सागर सुवेदी , बाबुराम खनाल र  माेहन शाही ठकुरि निर्बाचित भएका छन ।

 संरक्षक समितिमा

राजु सैयद, 

बिदुर काेइराला,  पुरुषाेत्तम खनाल  र प्रमुख सल्लाहकारमा  श्रीमति यासमिन बेगम रहेका छन ।


नेपाली कांग्रेसका  केन्द्रीय सदस्य एबम युवा नेता प्रदिप पौडेलले  अधिवेशन उदघाटन गरेका थिए भने नेपाली दुताबासका श्रम सहचारी अम्बिका प्रसाद अधिकारी नेपाली काँग्रेस महा समिती सदस्य राजेश्वर खनाल एमाले आबद्द प्रबासी नेपाली मंच साउदी अरबका महासचिब राजु खनाल हेल्प नेपालका अध्यक्ष बिमल गौतम एनआरएन का धर्म केसी र अध्यक्ष नारायण पासवान सगरमाथा समुहका परशुराम मिश्र मिथिला एकता समाजका अध्यक्ष शुनिल कुमार गुप्ता, चोला पाठक, अर्जुन थापा,बिदुर कोइराला, अरुण बेलबासे  लगाएतले अधिबेशन सफलताको शुभकामना दिएका थिए  ।
कार्यक्रम दिपक रेग्मीको अध्यक्षतामा र नमराज लामिछानेको संचालनमा भएको थियो ।