राज तामांग
जिफन्ट प्रतिनिधि
साउदी अरब (अर्घाखाँचीडट्कम) जिफन्ट सहयोग समूह साउदी अरब द्वारा २ जना पीडित नेपाली चेलिहरुको सकुशल उद्धार गरिएको छ । 19 जनवरी का दिन खटिएका जिफन्ट उद्धार टोलिले रात भरिको निरन्तर प्रयास पश्चत अन्तत बिहान ५:१५ बजे उद्धार गर्न सफल भएको हो। पीडितहरु १ हप्ता अघि मात्रै सम्पर्कमा आउदा उनीहरुले आफुहरुलाई पशुलाई झै व्यवहार गर्ने गरेको बताईएको थियो । उनिहरुलाई खाना पकाउने भान्सा कोठामै सुत्नु पर्थ्यो र घर मालिकनिले कुटपिट पनि गर्दथे ।
मकवानपुर घर भएकी २१ वर्षकि सरिता तिदोङ ररसुवाकी २१ सीता माया थिङलाई कुवेत बोर्डर हापर बातेन बाट जिफन्ट सहयोग समूह साउदी अरबले उद्धार गरि नेपाली राजदुतावास रियादमा पठाइएको हो ।
पीडित चेली सरिता तिदोङ विगत ५ वर्ष अघि रोजगारीको लागि कुवेत आएकी थिइन् तर कुवेतमा १ महिना काम गरिसके पछी साउदी अरबमा अर्कै साउदीको घरमा काम गर्न बेचिएको बताउछिन् र सीता थिङ पनि नेपाल बाट कुवेत भनेर आएकी थिइन उनलाई पनि कुवेतमा १ महिना काम गरेपछी साउदीमा पठाइएको थियो। सरिता तिदोङले ३ वर्षको र सीता थिङले ६ महिनाको तलब समेत पाएका छैनन्।
पीडितहरुको उद्धारका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ सहयोग र समर्थन गर्नुहुने सम्पुर्ण जिफन्टका मित्रहरू ,नेपाली राजदुतावास , नेपाली राजदुतावासका कार्य बाहक महामहिम राजदुत आनन्द प्रसाद शर्मा र स्थानीय कर्मचारी सम्मानिय हरि घिमिरे तमु धि साउदी अरब, लगायत सम्बन्धित सबैलाई जिफन्ट सहयोग समूह साउदी अरब हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
जिफन्ट साउदीका केन्द्रीय अध्यक्ष समसेर तामाङले जिफन्ट साउदी अरबको आगामी बैठकमा पीडित चेलिहुरुलाई थप आर्थिक सहयोग गर्ने गरि केन्द्रमा छलफल गर्ने बताउनु भएको छ ।