अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाको अधिबेशन हुदै

बिभिन्न पेसा, रोजगार र अध्ययनका लागि दक्षिण कोरिया आई पुगेका अर्घाखाँचीबाशीहरु को साझा चौतारी अर्घाखाँची संपर्क मंच दक्षिण कोरियाले चौथो अधिबेसन साथै बृहत भेला गर्ने जानकारी दिएको छ ।

सन् २०१० मा स्थापना भएको उक्त सस्था ले जस्तोसुकै दुखसुखमा  सबैलाई आफ्नो सम्झी  सामाजिक चेतना फैलाउन सधैं अग्रसर रहेको दक्षिण कोरिया स्थिती अर्घाखाँची बाशीहरु को सुख दु:ख को चौतारी अर्घाखाँची संपर्क मंच हो । यसै दुख सुख र पिडामा साथ दिदै धेरै सहयोग गर्दै आएको परोपकारी कामलाई निरन्तरता आएको छ ।
पछील्लो समय यता बिभिन्न कार्यक्रमहरु गर्दै  एकजुट बनाउदै अघी बढीरहेको हाम्रो संथा हो ।  यसै कोरियाको नया वर्ष सलनालको अवसर पारेर यही जनवरी  २८ तारिखशनिवार बिहान ११ बजे दोंदेमुन स्थित नाङ्लो रेस्टुरेन्टको हलमा उक्त अधिबेशन हुने जानकारी दियको छ ।

जसमा कोरियामा रहनु हुँने सम्पूर्ण जिल्लाबासी साथी अन्य संघ सस्था प्रतिनिधि आतिथि सुभचिन्तक पत्रकार साथै जिल्ला बासी साथी हरुलाई अनिबार्य उपस्थिति लागि अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरिया अनुरोध गरेको छ।

 हामी जुटदै छौ अबश्य जुटछौ, जहाँ जस्तो अवस्थामा भए पनि हरेक सुख दु:ख अर्घाखाँची बाशीहरु जुटछौ, भन्ने अर्को पहिचान एकतालाई निरन्तर दिएर नमुना संस्था बनाउन छौ भन्ने कुरामा जोड दिदै हाम्रा कोरिया स्थित समाचार दाता सुन्दर पन्थीले जानकारी दिनु भएको छ।