साताको अन्तिम दिन विहीबार पनि शेयर बजार वियरिष ट्रेण्डमै रह्यो । बजार परिसूचक नेप्से यस दिन पनि उच्च दरले झर्यो ।
उतार चढावबीच नेप्से २१ अंकले ओरालो लागेर १३ सय ७५ कायम भएर थामियो । कारोबार भने सामान्य सुधारियो ।
यस दिन पनि कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च १ सय १ अंकले झर्यो ।
वाणिज्य बैंक समूहमा २३ अंकको गिरावट आयो । विकास बैंक समूह १८ अंकले ओर्लियो । अन्य समूह पनि दोहोरो अंकले झर्यो भने अरु समूह चाँही सामान्य अंकले ऋणात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको १० लाख ५२ हजार कित्ता शेयर ५२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।