बाबु रोका मगर
नयाँ दिल्ली | नयाँ दिल्ली भारत यदि तपाइँहरु दिल्लीको मेट्रोमा यात्रा गर्दै हुनुहुन्छ भने होसियार पुर्बक यात्रा गर्नुहोला भारतको राजधानी दिल्ली ब्यस्त शहर हो यहाँ हरेक दिन नयाँ नयाँ ब्याक्ती नयाँ नयाँ घटना भेटिनु घटनु दैनिकी जस्तै हो | दिल्लीको शहर मा मेट्रो गुड्न थालेपछी पकेटमार लुटेराहरुको गिरोह बढ्दै गएको छ नजानिने गरि केही महिला तथा युवतीहरुले मेट्रोमा सवार यात्रीहरुको पकेट मारेर आफ्नो दैनिकी जिवन चलाउदै आएकाछन भने कोहि कोहिले महँगो कोठी महँगो गाडी किनेर बसेका छन कयौंपटक दिल्ली पुलिसले यी गिरोहलाइ कयौंपटक पक्रेर थुनामा राख्यो तरपनी यी गिरोहहरु आफ्नो धन्दा बन्द गर्न चाहदैनन !
यस्तै क्रममा केहि दिन अघि मात्रै मेट्रोमा सवार गर्दै गरेका नेपाली देशभक्त आवाजका प्रतिनिधि नवीन जोशीले ती पकेटमार घिरोहले मेट्रो भित्र सवार एक महिलाको पर्स चोर्दै गरेकोबेला रंगेहात पक्रन सफल भएका छन् | ति गिरोहलाई पक्रन साथ नबिनले तुरुन्त दिल्ली पुलिस र मेट्रो संयोजकहरुलाइ खबर गरि उनिहरुको सहारामा ती पकेटमार गिरोहलाइ राजा गार्डन पुलिस थानाम बुझाइएको थियो यी पकेटमार एक पटक मात्रै होइन पटक-पटक पुलिसको फेला परिसकेका पुष्टि भएको छ।नेपाली देशभक्त आवाजका प्रतिनिधि नबिनले गरेको उक्त कार्यलाइ मेट्रोमा सवार यात्री र स्थानिय पुलिसले राम्रो प्रशंसा गर्दै दिल्लीमा नेपाली देशभक्त आवाजलाइ परेको खन्डमा जुनसुकैबेला कुनैपनी सहयोग गर्ने पुलिसहरुले बताएकाछन |