अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाको अधिबेशन सम्पन्न

   
  सुन्दर  पन्थी
प्रवासमा सहकार्य ,सहयोग र एकता ,मातृभूमिको आस्था जिल्लावासीको प्रतिबधता भन्ने नारा सहित अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियादारा चौथो अधिबेशन सम्पन्न भएको छ ।


अर्घाखाँची संपर्क मन्च दक्षिण कोरियाले चौथो अधिबेसनमा २१ सदस्य समिती गठन गरेको छ. जसमा अध्यक्ष दिनामणि पौडेल बरिस्ठ उपाध्यक्ष भरत पाण्डे उपाध्यक्ष सुन्दर पन्थी र मिन राज पोख्रेल सचिव फर्सु पौडेल सह सचिव मनोज बेल्बासे कोषाध्यक्ष राज खनाल सहकोषाध्यक्ष टिकाराम पोख्रेल महिला बिभाग संयोजक बिस्नु बन्जाडे चयन हुनु भएको छ ।


सदस्य हरु  क्रमश  कमल पौडेल ,बाबुराम पोख्रेल ,नारायण बेल्बासे , प्रकास पोख्रेल ,दिपक राज बन्जाडे , टंक भुसाल , बाबुराम आचार्य ,पुस्कर पौडेल , बिष्णु पौडेल ,कृष्ण खनाल चयन हुनु भएको छ ।


निकै उत्साह जनक जिल्लाबासिको उपस्थिति मा  नयाँ कार्य समितिको गठन भएको थियो जसमा युबराज पाण्डेको सभापतित्व. एन .सी.सी. उपाध्यक्ष अन्जु के, सी. प्रमुख अतिथि , झबिन्द्र बेल्बासेको संचालन भयको थियो भने  कार्यक्रम भब्य रुपमा सफल गराउन उपस्थित अर्घाखाँची जिल्लावासीहरु हाल कोरियामा रहनु हुने सबै साथिहरु सल्लाहकार दाजुहरु अथिती बर्ग कोरियामा रहनु हुँने सम्पूर्ण संघ सस्था प्रतिनिधि आतिथि सुभचिन्तक पत्रकार साथै जिल्ला बासी साथी हरु सबैमा हार्दिक धन्यवाद दिदै र निबर्तमान कार्य समितिको तर्फ बाट नब गठित कार्यसमितिका पदाधिकारी सबैमा हार्दिक सुभकामना प्रदान भएको थियो ।

प्रवासमा जिल्लाबासिको एकता सदैब रहिरहने अठोट गर्दै अधिबेशन यसै कोरियाको दोंदेमुन स्थित नाङ्लो रेस्टुरेन्टको हलमा उक्त अधिबेशन सम्पन्न भएको थियो जसमा राम्रो काम गर्नेलाई सम्मान गरीको थियो जसमा सस्थागत प्रतिबेदन र आथिक प्रतिबेदन पनि प्रस्तुत गरियको थियो अनि निर्मल बेल्बासे , लेखनाथ पोखरेल लगायत सल्लाहकार दाजुहरुको निर्णायक मण्डल गठन गरिएको थियो .उहा हरु बाट नव गठित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको सुभकामना दिनु भएको थियो ।