सर्बप्रथम सहयोगी ब्याक्तित्वहरु र सहयोग को भावना भएका सम्पुर्ण मित्रजन हरु लाई म आशा को बाबा को तर्फबाट हार्दिक हार्दिक धन्यवाद भन्न चाहान्छु ।
मानिस को जीवनमाथि कस्तो कस्तो घटना र परिस्थिति हरु आउदो रहेछ । मेरो १६ बर्षे छोरी सेतो रक्त कोषिकाको हुने रोग बाट पिडित भै दिल्लीको अस्पतालमा उपचार गराई रहेको छ । छोरी को उपचार को लागी भनेर यहाँ बिदेश मा साथीहरू सङ्ग ऋण लिएर समेत पैसा पठाए सो रकम समेत तिर्न सकिरहेको छैन यो रकम त म बिस्तारै काम गरेर तिरौला तर मेरो छोरी आशा को बाच्ने आशा लाई कसरी साकार पारु भन्ने मलाई चिन्ता छ भएको सम्पत्ति सबै त्यही छोरी को उपचार का निम्ति खर्च भैसक्यो हाल सम्म करिब रु ९००००० ।- खर्च भैसकेको जानकारी गराउदछु हजुरहरुलाइ । थप उपचार को लागी रु २००००००।- चाहिने हुँदा
अब अन्य सहयोग को लागी तपाईंहरू सित्त म सहयोग को हात फैलाउदै छु , मेरो छोरी आशा लाई बचाउन पाय मलाई संसार जित्ते झै हुने थियो ।
काम को सिलसिला मा बिदेशी भुमी मा छु हरपल त्यही छोरी को चिन्ता लागि रहन्छ अनि कसरी छोरी लाई बचाउ भन्ने कुरा हरु मन मा खेलिरहन्छ ।
मैले आफ्नो आफन्त हरु लाई नि हारगुहार गरेको छु उहाँहरु ले पनि सकारात्मक प्रतिबद्धता जनाउनु भएको छ साथै रमेश प्रसाद आचार्य ज्युले आशा अधिकारी बचाउ अभियान चलाउनु भएको को मा म असाध्य नै खुशी छु मेरो छोरी को चिन्ता गर्ने म मात्र रैनछ यहाँ म जस्तो सयौं महान ब्याक्तित्व हरु हुनुहुदो रहेछ उहाँ हरु सबै जनालाई म राजेन्द्र अधिकारी को तर्फबाट मुरि मुरि धन्यवाद भन्न चाहान्छु ।
अहिले को अबस्थामा छोरी आशा लाई बचाउने आशा म मा बढेको छ त्यसैले हजुर हरुले आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ कृपया सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु ।
सहयोग गर्न चाहानु हुने मानुभाब हरुलाइ कैलाश बिकास बैंक( नेपाल ) को खाता नम्बर :- ०२७००९००१०७४५४०००००१
यो खाता मा सहयोग रकम सेन्ट गर्न सक्नुहुन्छ । तपाईं हरु ले सहयोग गर्नु भएको रकम, सहयोग कर्ता को नाम ठेगाना र फोन नम्बर रमेश प्रसाद आचार्य लाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्न चाहान्छु । सहयोग कर्ताहरुको नाम सार्बजनिक गरिने छ । थप जानकारी को लागी आशा को बाबा म राजेन्द्र अधिकारी(हाल मलेसिया ) फोन नम्बर :- 601121420902 धन्यवाद !!!