जिफन्ट सहयोग समूह साउदी अरब द्धरा ट्रेड यूनियन आधरभुत शिक्षा प्रशिक्षण सम्पन्न

        राज तामांग
(जिफन्ट प्रतिनिधि
)
साउदी अरब (अर्घाखाँचीडट्कम) नेपाल  ट्रेड यूनियन महासंघ जिफन्टको प्रवासी कमिटी जिफन्ट सहयोग समूह साउदी अरबको अयोजनामा जिफन्ट श्रमिक सदस्यहरुलाई ट्रेड यूनियन आधरभूत शिक्षाको सम्बन्धि प्रशिक्षण दिईएको छ ।  २७।०१।२०१७ कादिन जिफन्ट सहयोग समूह साउदी अरबको क्षेत्रिय कमिटी जिफन्ट सहयोग समूह कतिफ क्षेत्रिय कमिटीको आयोजनामा सम्पन्न कार्यक्रमको अतिथिको रुपमा जिफन्ट साउदी अरबका केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष  बुद्धिमान विश्वकर्मा, केन्द्रीय सदस्य  बुद्ध नारायण चौधरी, शिक्षा विभाग सदस्य  राज थापा मगर रहनु भएको थियो ।


कार्यक्रमलाई सम्बोधन तथा सहभागिहरुलाई प्रशिक्षण दिदै जिफन्ट सहयोग समूह साउदी संयोजक तथा जिफन्ट प्रतिनिधि  राज तामाङ्गले जिफन्ट निति तथा कार्यक्रमका बारेमा प्रष्ट पार्दै अधिकार प्राप्तकिा लागि सबै श्रमिकहरु संगठनमा आवद्ध जारुरी रहेको बताउनु भयो ।


जिफन्ट क्षेत्रिय सचिव जित कुमार राईले संचालन गरेको कार्यक्रमको सभापतित्व क्षेत्रिय अध्यक्ष  राम राजवंशिले गर्नुभएको थियो । कार्यक्रममा वक्तको रुपमा बोल्नु हँदै जिफन्ट क्षेत्रिय कमिटी कतिफका बरिष्ठ उपाध्यक्ष  प्रतिमान तामाङ्गले जिफन्ट सहयोग समूह साउदी अरबले श्रमिकका पक्षमा गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा चुनौतीहरुको सामना गर्न तयारी अवस्थामा रहनु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा जिफन्ट प्रतिनिधि  राज तामाङ्गले क्षेत्रिय कमिटी अध्यक्ष  राम राजवंशि, बरिष्ठ उपाध्यक्ष  प्रतिमान तामाङ्ग र सचिव जित कुमार राईलाई प्रमाण पत्र प्रधान गर्नुधएको थियो साथै कार्यक्रममा कार्यथलोमा दुर्घटनामा परेका २ जना नेपाली श्रमिकहरुको समेत उपस्तिथि रहेको थियो ।