टेक राज थापा
कतार । अर्घाखाँची सेवा समाज कतारको दशौं नियमीत बैठक मीती १० फेब्रुवरी २०१७ का दीन का.बा. अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा र उपाध्यक्ष केदार भुसालको सन्चालनमा बीभीन्न प्रस्ताबहरु माथी बृहत छलफल गरी मुन्तजा पार्कमा सम्पन्न भएको छ ।
बैठकले समाजका का.बा. अध्यक्ष ठाकुर कुमार परियारलाई अध्यक्ष र सचीव टेक राज थापालाई महासचीबमा पदोन्नती गरेको छ भने समाजले जील्लामा एम्बुलेन्स सन्चालन गर्नको लागी शसक्त रुपमा अघी बढने निर्णय गर्नुको साथै आगामी नेपाली नयाँ बर्षको अबसरमा शुभकामना आदानप्रदान कार्य गर्ने निर्णय गरेको छ । बैठकमा प्रमुख सल्लाहाकार क्रान्ती सींह, बिशेष सल्लाकार जीतेन्द्र पाण्डे,सल्लाहाकार बेदराज अधिकारी साथै संस्थाका निर्बतमान महासचीब केशब भुसाल लगायतको उपस्थीती रहेको थियो ।
उहाँहरुले बोल्ने क्रममा संस्थाका पदोन्नती भएका साथीहरुलाई बधाई तथा शुभकामना दीँदै बिगतमा भएका कमी कमजोरीहरुलाई सुधार्दै संस्थालाई सामाजीक कार्यमा अग्रसर बनाउदै कतारमा कार्यरत अर्घाखाँचीबासीहरुको अभीलेख राख्न पनि सुझाब दीएका थीए । उहाँहरु लगायत जील्लाबासीहरुको उल्लेखनीय उपस्तीती रहेको थीयो । बैठकमा कतारमा रहेका जील्लाबासीहरुको समस्या पहिचान र समधानका उपायहरु, जील्लामा गर्न सकीने भाबी योजनाहरु र बिगत केही समय देखी सामाजीक सन्जालमा आएका बीषयमा छलपल गरीएको थियो ।
अन्त्यमा समाजका अध्यक्ष ठाकुर कुमार परियारले आफुलाई दीएको जीम्मेबारी संस्थाको उधेश्य अनुरुप संस्थाले लीएका भाबी योजना र गतीबीधीलाई ससक्त रुपमा अघी बढाउने र संस्थालाई सामाजीक कार्य लगायत कतारमा भएका सामाजीक संघ संस्थाहरु सँग सहकार्य गरी अघि बढ्ने प्रतीबद्धता जनाउदै उपस्थीत सम्पुर्णलाई धन्यबाद दीएर कार्यक्रम समापन गरेका थिए ।