परशुराम मिश्र
साउदी अरब (अर्घाखाँचीडट्कम) प्रजातन्त्र दिवसको अवसर पारेर साउदी अरबको रियादमा दोश्रो श्रमिक्स मेमोरियल गोल्डकप प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली दूतावासका कृष्ण प्रसाद दाहालले उदघाटन गरेको सो प्रतियोगितामा जम्मा ८ टिमले भाग लिएका थिए ।
प्रथम पुरस्कार एकहजार पाच सय साउदी रियल र दोश्रो पुरस्कार एक हजार साउदी रियल राखिएको थियो ।
साउदी स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु अथितीको रुपमा उपस्थित थिए भने प्रतियोगिता हेर्न रोजगारीको सिलसिलामा साउदी आएका नेपालीहरुको बाक्लो उपस्थित थियो ।