नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारीको मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न आयोजित कार्यक्रममा केन्द्रीय बैंक उक्त नयाँ नियम ल्याएको जानकारी गराएको हो । निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा मात्रै उक्त व्यवस्था लागू हुने बैंकले जनाएको छ । सार्वजनिक, भौतिक निर्माण कार्यमा प्रयोग हुने गाडीलाई त्यस्तो व्यवस्था लागू नहुने जनाइएको छ।
बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा मनोमानी ऋण लगानी गर्न थालेपछि राष्ट्र बैंकले लगाम लगाएको गभर्नर चिरञ्जीवी नेपालले बताए ।