मोबाइल मनी भनेको के हो ?
मोबाइल मनी भनेको विद्युतीय वालेट सेवा हो । यस सेवामा प्रयोगकर्ताले आप्mनै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । पछिल्लो समय विश्वभर विभिन्न बैङ्कले आफ्ना ग्राहकलाई यो सेवा प्रदान गरिरहेका छन् । बैङ्कसँग मिलेर अरू संस्थाले पनि यो सेवा दिने गरेको समेत पाइन्छ । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ, चाहे त्यो स्मार्टफोन होस् वा फिचर फोन ।
मोबाइल मनीको प्रयोग : अहिले विश्वभर स्मार्टफोनबाट भुक्तानी गर्ने चलन चलेको छ । तर मोबाइल मनीको अवधारणा सबैभन्दा पहिला केन्यामा प्रयोग भएको थियो । सन् २००७ को मार्च महीनामा बेलायती दूरसञ्चार कम्पनी भोडाफोनको केन्याली सहायक कम्पनी सपारीकमले त्यहाँ एम