महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले शुक्रबार जुवा खेल्दै गरेका १५ जनालाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका-११ पलासेस्थित ग्रीन भ्यु रेस्टुराँबाट जुवा खेलाउने रेस्टुराँ सन्चालक विनोद महतसहितलाई पक्राउ गरिएको परिसरका प्रवक्ता कृष्ण प्रसाइँले जानकारी दिए ।
प्रहरीले जुवाखालबाट रु दुई लाख ४२ हजार ९० र १६ थान कौडासहित पक्राउ गरेको हो । रासस