तेजबहादुर थापा
साउदी अरब (अर्घाखाँचीडट्कम) नेपाली राजदूतावास रियादको आयोजनामा नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवाल बिषयक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
साउदी अरबको पुर्वी क्षेत्र दम्माम स्थित अलख्याम पार्टिप्यालेसमा सम्पन्न कार्यक्रम साउदी अरबको इतिहासमा दूतावासले गरेको पहिलो कार्यक्रम हो ।
नेपाली दूतावासका द्वितिय सचिव सन्तोष अधिकारी द्वारा संचालित कार्यक्रम नेपाली राजदूतावास रियादका का. बा. राजदूत आनन्द प्रसाद सर्माज्युको सभापतित्व तथा नेपालबाट साउदि अरब आउनु भएका बैदेशिक रोजगार सुचना तथा परामर्स केन्द्रका महाप्रबन्धक ज्ञानेन्द्र राज भन्डारीज्युको प्रमुख अतिथ्य तथा एनआरएनए एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवानज्युको अतिथ्यमा सुरू भएको थियो ।
कार्यक्रममा नेपाली राजदूतावासका रियादका पदाधिकारीहरू, स्थानिय कर्मचारी, अबैतनिक प्रतिनिधि तथा स्वयम सेवकहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, एनआरएन का बर्तमान तथा भुतपुर्व पदाधिकारीहरू , समाजसेवि तथा व्यावसायीहरू, मिडिया कर्मीहरू, समाजिक कार्यकर्ताहरू, नेपाली श्रमिक लगायत नेपाली जनसमुदायहरूको उलेख्य उपस्थिति रहेको थियो ।
दुइ चरणमा बिभाजित कार्यक्रमको प्रथम खण्डमा राष्ट्रियगानको सुमधुर धुनले हल गुन्जायमान भएको थियो भने रोजगारको सिलसिलामा राउदी अरब आइ ज्यान गुमाएका नेपालीहरूको स्मरण सहित २ मिनेट मौन धाराणा गरिएको थियो ।
प्रमुख अथिति तथा सभापतिद्वारा संयुक्तरूपमा दिप प्रज्वलन गरि औपचारी उद्घाटन गरिएको कार्यक्रममा नेपाली दूतावास रियादका श्रम सहचारी अम्बिका अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरि कार्यक्रमा प्रमुख अथिति तथा बैदेशिक रोजगार सुचना तथा परामर्स केन्द्रका महाप्रबन्धक ज्ञानेन्द्र राज भन्डारी तथा एनआरएनए एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवानज्युको शुभकामना मन्तव्य सँगै कार्यक्रममा सभापति तथा का. बा. राजदूत आनन्द प्रसाद सर्माज्युद्वारा पहिलो खण्ड समापन गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरण अन्तर्गत नेपाली राजदुतावास रियादका श्रमसहचारी अम्बिका प्रसाद अधिकारीद्वारा श्रमिमक समस्या, कारक तत्वहरू र अपनाउनु पर्ने सावबधानि लगायतका अभिलेख सहितको प्रिजेन्टेसन प्रदसन गर्नु भएको थियो भने प्रथम सचिव बिजय कुमार राउतद्वारा जेलमा रहेका नेपालीहरूको स्थिति, जेल पर्ने कारणहरू, कामदारहरूको अधिकार र प्रकृया लगायत नेपाली घरेलु महिला कामदारका वारेमा प्रदसन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि द्वितिय सचिव बिपिन दुवाडीद्वारा स्वाथ्य समस्या, दुर्घटना, मृतकहरूका आकडा, क्षेतिपुर्ति तथा लास नेपाल पठाउने प्रकृया लगायतका बिषय बस्तुहरू बुंदागत रूपमा प्रदसन गर्नु भएको थियो भने अर्का द्वितिय सचिव भरत खनालले नेपाली राजदूतावास रियादद्वारा दिइने सेवा-सुबिधा तथा आवश्यक कागजात र प्रकृया लगायतका बिषयहरू प्रदसन गर्नुभएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा अन्तरकृया कार्यक्रम संचालन गरिएको थियो । हलमा उपस्थित अबीश गुरूङ, यज्ञ थापा, बिन्दे राज धिमाल आदि लगायतका अन्य पिडित नेपाली श्रमिकहरूले आ-आफ्ना समस्या तथा पिडा मौखित र लिखित रूपमा सुनाउदै उद्धार र समाधान गरिदिनु अनुरोध गरेका थिए ।
कार्यक्रममा एनआरएनए आइसिसि बैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याणकारी समितिका संयोजक धरम के. सी.ले कामदारहरूले करार बमोजिमको तलब पाउने सुनिश्चितता, म्यानपावरहरूको जिम्मेवारी बोध, न्याय, उद्धार र क्षेतिपूर्तिमा दूतावासको दृढता र पहल लगायतका बिषमा बोल्नु भएको थियो भने साझा मन्चका अन्तराष्ट्रिय अभियान्ता महेश श्रेष्ठले वैदेशिक रोजगारमा आएका नेपालीहरुको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय श्रम अदालतमा आवाज पुराउन सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुनुपर्ने औल्याउनुभयो ।
त्यसैगरि एनसिसि साउदीका केन्द्रिय सदस्य उमेश भट्टराइले एनआरएनए साउदी अरबले नेपाली कादारहरूका उद्धार र पहलमा नेपाली राजदूतावासलाइ पुर्याउदै आएको सहयोगका बारेमा बोल्दै संस्थागत रूपमा दूतावास सम्म पुर्याइएका केशहरूको स्थिति अध्यावधिक गरिदिनु अनुरोध गर्नु भयो ।
अन्तरकृया कार्यक्रमको अन्त्यमा श्रमसहचारी अम्बिका प्रसाद अधिकारीले पिडितहरूद्वारा बुझाइएका केशहरू अध्यान गर्ने बताउदै २/३ दिन भित्र पिडितहरूलाइ दूतावासमा सम्पर्क गर्न सुझाव दिनुभएको थियो भने कार्यक्रमा सभापति तथा का. बा. राजदूत आनन्द प्रसाद सर्माले साउदी अरबको पुर्वी क्षेत्रबाट सुरूवात गरीएको सचेतना मुलक कार्यक्रम भविष्यमा अन्य शहरहरूमा समेत चलाउदै लागिने जानकारी दिदै कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने आयोजक कमिटि लगायत सहभागि बसैलाइ धन्यवाद सहित कार्यक्रमलाइ औपचारिक रूपमा समापन भएको घोषणा गर्नुभएको थियो ।