अनिश शर्मा गैरे
वामी गुल्मी । पहिरोले बिद्युत सर्ट भइ करेन्ट लाग्दा रिघा मा १ महिलाको ज्यान गएको छ । रिघा ७ कल्छे निवासी मनकुमारी नेपालीको बिहान ५ बजे करेन्ट लागेर ज्यान गएको हो ।
प्रहरी चौकी खर्बाङ्गका प्रहरी नायब निरिक्षक भोजराज बानियाले दिएको जानकारी अनुसार ५६ बर्षीय नेपालीको लागि उपचारको क्रममा हटियामा ज्यान गएको हो ।
घटना भएलगत्तै उनलाइ उपचारको लागि हटिया लगिरएको थियो । पहिरो गइसकेपछि बिद्युत सर्ट भएको र बिद्युतको स्विच बाल्न खोज्दा उनलाइ करेन्ट लागेको बानियाको भनाइ रहेको छ ।