सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आयो ।
यसदिन नेप्से करिब १७ अंकले झरेर १३ सय ४१ बिन्दूमा आइपुग्यो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ओरालो लागेको हो ।
बीमा समूह सबैभन्दा उच्च ७४ अंकले घट्यो । होटल समूह ४२ अंकले झर्‍यो भने वाणिज्य बैंक समूहमा पनि करिब २० अंकको गिरावट आयो ।
यसदिन १ सय ४० कम्पनीको ७ लाख ९४ हजार बराबर कित्ता सेयर ४१ करोड ९६ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।