युएईका लागि नेपाली कार्यबाहक राजदुतद्वारा घरेलु महिला कामदारहरुलाई चोरबाटो नभइ मुलबाटोबाट आउन आग्रह

बिनोद श्रेष्ठ
आबुधावी, युएई ।  नेपाली राजदुतावास आबुधावीको आयोजनामा दुबई आज भै रहेको अन्तरक्रिया कार्यक्रममा युएईका लागि नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले वैदेशिक रोजगारको लागि युएई आउने घरेलु महिला कामदारहरुलाइ चोरबाटो नभइ मुलबाटोबाट आउन आग्रह गरेका छ्न।
उनले एक महिना भित्र सजिलै प्रक्रिया पूरा हुने र सुरक्षित हुने हुदा अबैधानिक बाटोमा नलाग्न समेत आग्रह गरे।कार्यक्रममा वैदेशिक रोजगारीमा आउनेहरू,भिजिटमा आउने र आफन्त ल्याउन चाहनेहरुलाइ आबस्यक प्रक्रिया र कागजातहरुको विषयमा चेतनामुलक जानकारी प्रस्तुतिमा देखाइएको थियो।
उक्त कार्यक्रममा युएईमा रहेका ब्याबसायी सघ सस्थाका प्रमुख तथा प्रतिनिधि जनजाती, पत्रकार साथै उल्लेखनीय नेपालीहरुको सहभागी रहेको छ।