राहत हस्तान्तर गर्दै अर्घाखाँची प्रवासी समाज र सुपा देउराली बचत खाता बहराइनको माषिक बैठक सम्पन्न

अनमोल राक्से मगर 
      
बहराइन, १० मार्च २०१७ । अर्घाखाँची प्रवासी समाज बहराइन र सुपा देउराली बचत खाता बहराइनको माषिक बैठक सँगै कम्पनीमा ६ महिना मजदुरी गरेको तलब नदिएर समस्यामा पर्नु भएका ५ नेपालीलाई राहत हस्तान्तरण गरि सम्पन्न भएको छ ।
अर्घाखाँची प्रवासी समाज बहराइन र सुपादेउराली बचत खाता बहराइन को माषिक बैठक बहराइनको राजधानी मनमा चिल्ड्रेन पार्कमा समाजका महासचिव कमल घिमिरेको संचालकमा अध्यक्ष युबराजले सभापतित्व गर्नु भएको थियो । 
समाजको आयब्याय कोषाध्यक्ष केशब थापाले  प्रादेशिक गर्नु भएको थियो । सुपा देउराली बचत खाता को हिसाब किताब कृष्ण गैरेले प्रादेशिक गर्नु भएको थियो ।एवम् जिल्ला बासिहरुको उपस्थितिमा नियमित बैठक सम्पन्न भएको छ भने  समाजलाई  सहज र निर्मुल तरिकाले अघि लैजान विविध बिषयमा छलफल गरि यहि आउदो १७ मार्च २०१७ मा अर्घाखाँची प्रवासी समाजको साधारण सभा गरिने प्रस्तावमा छलफल गरि पारित गर्नु भएको छ । 
” सेवा नै धर्म ” हो भनी 
अरबियन सुगर कम्पनीमा  १७ महिना देखि मजदुर गर्दै आउनु भएको र  ६ महिना देखि उहाहरुले मजदुरि  गरेको तलब ( सेलेरी )सो कम्पनीले न दिएको हुदा र नेपाल ए.बि.सि. ले पनि केही चासो नदेखाएकोले  सोही कम्पनीका  ५ जना नेपाली  मजदुरहरु समस्यामा भएकोले अर्घाखाँची प्रवासी समाज बहराइन परिवारहरु उहाँहरु सँग भेटघाट गरि उहाहरुको समस्या देखि केहि दिनको लागि भए पनि भोक मेटाउनको लागि  केही खाद्यान्नको सामान अन्य चिज उहाँहरुकै हातमा हस्तान्तरण गरि माषिक बैठक सम्पन्न भएको थियो ।