बाबु रोका मगर
भारत । नेपालीहरुको सोझोपनको फाइदा हरेक मानिसहरुले लिदै आएकाछन यिनै कारण देशबिदेशमा विभिन्न किसिमका घटनाहरु नेपालीहरू संग घटिरहेको कुनै नौलो घटना पनि होइन तरपनी पटकपटक यसरी ठगिदा बेचिदा आफ्नो जिन्दगी बर्वाद बनाउन बाध्य छन नेपालीहरु । यस्तै फेरि अर्को घटना दिल्लीमा भेटियो बुटवल देविनगर घर भइ दुवै जाने प्रलोभनमा फसिसकेकी अनिता चौधरीलाई दिल्ली स्थित सरोजनीनगर बाट नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुले उनलाइ सहिसलामत उनको आफ्नै दाजुलाइ सुम्पेको छ।
अनितालाइ दुवैमा कार्यरत एक भारतिय महिलाको घरमा काम गर्नको लागि मगाइएको जानकारीअनुसार वास्तविक कुरा बुझ्दै जाँदा दुवैमा रहेका अन्य दुई जना नेपाली महिलाले यी अनिता संग ९० हजारको लागतमा अनितालाइ दुवै ल्याउने कुरा रहेको बताइन तर जस्ले अनितालाइ बोलाएको थियो उस्ले फ्री विजा फ्री टिकट भएको भारतिय महिलाले देशभक्त का प्रतिनिधि संग बताइन वास्तवमा ती भारतिय महिलाले वैधानिक रुपले मगाउन चाहेकी बताइन तर अनिता र म बिच अन्य नेपाली महिलाले ९० हजारको डिल गरेको कुरा सुनेपछी अचम्म पर्दै भनिन “अनिता संग कुनै पैसाको कुरा भएको थिएन उनलाइ मैले मगाएकी हुँ यो साँचो हो तर कुनै पैसा मागेको चै थिएन” भन्दै उनलाइ जसरी हुन्छ दुवै सम्म पुर्याउने प्रावधान मिलाइ पठाइदिनुहुन अनुरोध गरेकी थिइन यता अनितालाइ रिसिब गर्न आउने भन्ने ब्याक्ती पनि नआएपछी भाषा पनि नजानेकि अनिता यो बिरानो ठाँउमा बिचल्लीमा परेको थाहा भएपछी अनिताको घरपरिवार स्टमित्रहरु संग सम्पर्क गरि आज दुई दिन पछि भारतकै पन्जापमा कार्यरत अनिताको दाजु तुल बहादुरको हातमा नेपाली देशभक्त आवाजका प्रतिनिधि हरुले अनितालाइ सुम्पेका छन अब उनलाइ वैधानिक रुपले नेपाल सरकारको नियम कानुन अनुसार श्रम बनाएर मात्रै दुवै पठाउने उनका दाजुले बताए ।
नेपाल सरकारले कुनैपनी नेपाली अबैधानिक रुपले बिदेश नजान बारम्बार सुचित गरिरहादापनी जानअन्जानमा यसरी लुकिछुपी बिदेश पस्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो यस्तो नगर्न दिल्लीमा आएर बिचलित पर्ने कुनैपनी नेपालीहरुले नजिकको प्रहरी कार्यालय अथवा नेपाली देशभक्त आवाजका ब्याक्तिहरुलाइ तुरुन्तै सम्पर्क गरि सुरक्षीत रहन हरेक नेपालीहरुलाइ यसै समाचार मार्फत जानकारी गराएको छ।