आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्यो

 बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनको भारतीय एकाइले स्थानीय मोबाइल नेटवर्क सञ्चालक कम्पनी आइडिया सेलुलरसँग गाभिन सहमति जनाएको छ । २३ अर्ब डलरमा आफुलाई  आइडियासँग गाभ्न कम्पनी सहमत भएको हो । मर्जरपछि बन्ने कम्पनीको संयुक्त ग्राहक सङ्ख्या करीब ४० करोड पुग्नेछ । यो भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हुने बताइएको । आइडियाको सञ्चालक समितिले सोमवार नै मर्जर प्रस्ताव पारित गरिसकेको छ । 
मर्जरपछि बन्ने कम्पनीमा भोडाफोनको ४५ दशमलव १ प्रतिशत शेयर हुनेछ । यसमा आदित्य बिरला ग्रूपको २६ प्रतिशत र बाँकी २८ दशमलव ९ प्रतिशत शेयर चाहिँ अन्य शेयरधनीको हुनेछ । कम्पनीमा अध्यक्ष नियुक्तिको अधिकार आइडियालाई र प्रमुख वित्तीय अधिकृत नियुक्तिको अधिकार भोडाफोनलाई रहने बताइएको छ । सम्झौता सन् २०१८ को अन्त्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ । 
यस सम्झौताले भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स जियो इन्फोकमले गतवर्ष फोरजी मोबाइल ब्रोडब्याड नेटवर्क लञ्च गरेपछि स्थानीय मोबाइल उद्योगमा आएको रूपान्तरणलाई उजागर गरेको छ । जीयोले महीनौंसम्म निःशुल्क सेवा दिएपछि भारतीय, भोडाफोन र आइडियासमेत आप्mना सेवाको मूल्य कटौती गर्न बाध्य भएका थिए । आइडिया सेलुलरमा मलेशियाली दूरसञ्चार कम्पनी आजियाटाको पनि शेयर छ । आजियाटाले हालै मात्रै नेपाली कम्पनी एनसेल किनेको थियो ।   – रोयटर्स