मंगलबार पनि सेयर बजारमा उच्च सुधार जारी रह्यो ।
सुरुआती समयमा उतार-चढाव रहेपनि मध्याह्नपछि बजारले बुलिस ट्रेन्ड लियो । कारोबार पनि झन्डै डेढ अर्ब बराबर पुग्यो ।
बजार परिसूचक नेप्से ३७ अंकले उकालो लागेर १४ सय ६२ पुग्यो । कारोबार भएका सबैजसो समूह सकारात्मक रहे ।
बीमा समूह सबैभन्दा उच्च १ सय ८ अंकले उकालो लाग्यो । विकास बैंक समूह ७६ अंकले उक्लियो । वाणिज्य बैंक समूहमा पनि ४० अंकको वृद्धि आयो । होटल समूह ३७ अंकले सुधारियो । जलविद्युत् र वित्त समूह पनि दोहोरो अंकले उक्लिए । अन्य समूह सामान्य अंकले धनात्मक रह्यो भने उत्पादनमूलक समूह स्थीर रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीको २२ लाख ३४ हजार कित्ता सेयर १ अर्ब ४३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।