बुटवलमा आश्रय स्थललाई सहयोग

कृष्ण खनाल 
बुटवल, ११ चैत । रुपन्देही नेत्रहिन संघद्वारा स्थापना भएको  खाद्यान्न लगायतका विभिन्न समस्या झलेल्दै आएको नेत्रहिन संघ आश्रय स्थललाई विभिन्न दाताहरुले सहयोग गरेका छन् ।
 दृष्टिविहिन भएका विभिन्न व्याक्तिहरु र दाताहरुको सहयोगबाट ‘एक व्याक्ति एक इंट्टा’ अभियान सञ्चालन गरि बुटवल-१३ तामनगरमा निर्माण भएको आश्रय स्थालमा बसोबास गर्दै आएका विभिन्न नेत्रहिन भएका व्याक्तिहरुको लागि दुई वटा विभिन्न संस्थाले आर्थिक र नगद  सहयोग गरेका हुन । शुक्रवार आश्रय स्थालमा एक कार्यक्रमको आयोजना बुटवल-८ मा रहेको एकता बचत तथा ऋण  सहकारी संस्था ले आफ्नो स्थापनाको १९ औं दिवसमा खाद्यान्न, जिन्सी र नगद प्रदान गरेको हो । 
रुपन्देही नेत्रहिन संघका अध्यक्ष वालकृष्ष्ण मरासीनीको प्रमुख आतिथ्यता, सहकारीका अध्यक्ष सावित्रा टण्डनको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बरिष्ठ समाजसेवी राम बहादुर श्रेष्ठ, उपाध्यक्ष बाबुराम श्रेष्ठ, सचिव लिलाधर लुईटेल, कोषाध्यक्ष तारा प्रसाद काफ्ले, व्यवस्थापक नारायण प्रसाद सुवेदी, सह व्यवस्थापक केशव पौडेल, निर्वतनमा  वडा अध्यक्ष छवि आचार्य लगायतले  बोल्दै आगामी दिनमा पनि नेत्रहिन संघको आश्रय स्थाललाई सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए ।
 
यस्तै सोही दिन चेतनशिल आमा समुह ख.बनगाई-२बाट पनि खाद्यान्न सहयोग भएको छ । अध्यक्ष कला हमाल, सचिव गिता मरासेनी, सदस्य सुजता शर्माले संयुक्त रुपमा खाद्यान्न प्रदान गरेका हुन । 

अन्य समाचारहरु