राज तामांग
व्यवस्थापिका सांसद अन्तर्राष्ट्रिय सम्बन्ध श्रम समितिका खाडि मुलुक भ्रमण टोलीसँग जिफन्ट सहयोग साउदी अरबले भेटघाट तथा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुको समस्या तथा चुनौतीहरुको विषयमा छलफल गरेको छ ।
सांसद प्रभु शाहको संयोजकत्वमा भ्रमणमा आएका सांसदहरु सग साउदी अरबको जुबेल स्थित जिफन्ट साउदी अरबका अगुवाहरुले भेटघाट गरेको हो । उक्त भ्रमण टोलीमा श्रमिकको विशेष प्रतिनिधित्व गरि आउनु भएका नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटीका पूर्व बरिष्ठ उपाध्यक्ष जिफन्ट गभर्निङ्ग काउन्सिल बडि सदस्य एवम जिफन्टका सांसद बिनोद श्रेष्ठसँग जिफन्ट सहयोग साउदी अरब जिफन्ट प्रतिनिधि राज तामाङ्गको संयोजकत्वमा जिफन्ट साउदी अरबको नेताहरुले विशेष छलफल गरेको हो ।
छलफलमा नेपाल ट्रेड यूनियन महासंग जिफन्ट आवद्ध टेक्सटायल गार्मेन्ट यूनियन नेपालका नेता तथा नेपाली साझा मंचका राष्ट्रिय अध्यक्ष रामकृष्ण घिमिरे, जिफन्ट सहयोग समूह साउदी अरब केन्द्रीय कमिटी अध्यक्ष समसेर तामाङ्ग, बरिष्ठ उपाध्यक्ष बुद्धिमान विश्वकर्मा, सचिव श्याम विश्वकर्मा, केन्द्रीय सदस्यहरु सल्लाहकार जिबराज बेलबासे, क्षेत्रिय कमिटीका अध्यक्ष, राम राजवशी, बरिष्ठ उपाध्यक्ष प्रतिमान तामाङ्ग, सचिव जित कुमार राई सदस्यहरु बिमाल तामाङ्ग, सन्तोष राई, नबिन योगि, सबिन पाठक र सामाजसेवी जिफन्ट सहयोगी जेन कुमार लामा लगायत छलफलमा सहाभागी हुनुभएको थियो । छलफलमा जिफन्ट साउदीका संयोजक राज तामाङ्गले नेपाली घरेलु महिला श्रमिकहरुको समस्या, संझौता अनुसारको काम ज्याला नपाइको करार सकेर स्वदेश फर्किन नपाउने र फ्रि भिसा, फ्रि टिकेटको समस्याको विषयहरु उठाएका थिए ।
जिफन्ट ले फ्रि भिसा, फ्रि टिकेटलाई प्रभावकारी रुपमा लानू गराउने अनुगमन गर्ने र यो विषयमा जिफन्ट पछि नहट्ने प्रतिबद्धता जनाउनु भएको थियो भने टेक्सटायल गार्मेन्ट यूनियन नेपालका नेता रामकृष्ण घिमिरेले जिफन्ट बाट मात्रै श्रमिक वर्गको अधिकार सुनिश्चित गर्नसक्ने भन्दै जिफन्टलाई सहयोग र सहकार्य गर्दै अघि बढ्ने बताउनु भएको थियो ।