उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा काठमाडौं वातावरण अनुकुलित आधुनिक सेवासहितको एअर सस्पेन्सन एसी बस सन्चालनमा ल्याएको छ ।
नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एअर सस्पेन्सन एसी बस सन्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहकोसमेत व्यवस्था गरिएको छ ।
करिब ८०० किलोमिटर दुरी रहेको डडेल्धुरा काठमाडौं रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए ।
बिहीबार एक कार्यक्रमका साथ